ad

जितु नेपालको पहिलो म्युजिक भिडियो

बैशाख २७ ।  

दर्शक हँसाउनमा माहिर कलाकार जितु नेपालले पहिलो पटक ‘पिरतीको चश्मा’ बोलको म्युजिक भिडियोमा अभिनय गरेका छन् ।  

युवा हाँस्य व्यङग्यकार राजा राजेन्द्र पोख्रेलको गीतमा जितु नेपालले जीवनकै पहिलो म्युजिक भिडियोको रुपमा काम गरेका हुन् ।  जितुले राजा राजेन्द्र पोख्रेल आफूलाई मन पर्ने हाँस्यकलाकार तथा प्यारो भाइ भएका कारण उनको गीतमा खेल्न तयार भएको हामीलाई बताए ।  

जितुलाई पहिले पनि म्युजिक भिडयोहरुमा खेल्ने अफर नआएको भने हैन । तर उनले म्युजिक भिडियो खेल्न खासै चासो देखाएनन् । यो भिडियोमा भने आकर्षण भन्दा पनि साथी भाइलाई सहयोग गर्ने हेतुले उनले काम गरेका हुन् । आफूलाई एकदमै मन पर्ने हाँस्य कलाकार राजा राजेन्द्र पोख्रेलले राम्रो गीत गाएका रहेछन् भन्दै उनले गीत मन परेका कारण यसमा काम गरेको बताए ।  

खगेन्द्रको ‘धनपति’मा यस्तो लुक, द्धन्द्धको चपेटामा परेको सानाकाजीको कथा

टुकी आर्टस् प्रालि र दीपेन्द्र के खनाल प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्र ‘धनपति’को फस्टलुक रिलिज गरिएको छ । मोसन पोष्टरको रुपमा

‘काले दाइ’ हिट भएपछि ‘पर्व’ को नयाँ गीत रिलिज, नम्रता र कोशिशको प्रेमभाव

काठमाडौं  वैशाख २४। चलचित्र ‘पर्व’मा समावेश ‘काले दाई काले दाई’ बोलको गीतले युटुबमा १ करोड भन्दा बढी दर्शकको साथ पाइसकेको छ । यो गीत अहिले

\'म यस्तो गीत गाउँछु\' का कर्णप्रिय गीतहरु

संगीतकार अर्जुन पोख्रेलले तयार पारेका संगीतले केही बर्षयता राम्रै बजार पिटिरहेका छन् । दर्शक, स्रोताहरुको मनलाई स्पर्श गर्ने संगीत तयार पार्न माहिर

साकेला नृत्य प्रतियोगिता

उर्लाबारी बैशाख २४ ÷उभौली पर्वको अवसरमा सोमबार मोरङको  उर्लाबारी–३ मंगलबारेमा बृहत साँस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । किरात राई यायोख्खा