ad

पुर्वाञ्चलस्तरीय फुटबल प्रतियोगिताको सेमीफाईनल समीकरण पुरा

लखनपुर चैत २८ ।
बिर्तामोड युनाईटेड झापाको लखनपुरमा जारी पूर्वाञ्चलस्तरीय फुटबल प्रतियोगिता को सेमीफाईनलमा प्रबेश गरेको छ । 
स्थानीय आदिवासी रंगशालामा आज भएको अन्तीम क्वाटरफाईनल खेलमा उर्लाबारी फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै विर्तामोड प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो ।

पहिलो हाफमा गोलरहित बराबरि खेलेको बिर्तामोडको जितका लागि दोश्रो हाफको ५ औँ मिनेटमा पुष्प मादेनले गरेको गोल नै निर्णायक बन्यो । गोलकर्ता मादेनले म्यान आफ द म्या च नगद ३ हजार नगद प्राप्त गरे । स्थानीय नन्द–चन्द्रकुमारी आङ्देम्बे स्मृति प्रतिष्ठानकको आयोजनामा भएको प्रतियोगिता अन्तर्गत भोलि देखि सेमिफाईनलका  खेलहरु हुने छन् । पहिलो सेमिफाईनल खेल पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र विराटनगर र लखनपुर ११ बीच हुने आयोजकले जनाएको छ । 
 

लखनपुरमा आजदेखी पुर्वाञ्चलस्तरीय फुटबल प्रतियोगिता

लखनपुर चैत २५ ।  झापाको लखनपुरमा आज शुक्रवारदेखि पूर्वाञ्चलस्तरीय फुटबल प्रतियोगिता सुरु हुँदैछ ।  कमल गाउँपालिकास्थित आदिवासी रंगशालामा

सिवाईसी अत्तरिया र रुपन्देहि च्यालेञ्जर्सको बिजयी शुरुवात

धनगढि चैत २८ । सिवाईसी अत्तरिया र रुपन्देहि च्यालेञ्जर्सले सगरमाथा धनगढी प्रिमियर लिग क्रिकेटमा विजयी सुरुवात गरेका छन ।  उद्घाटन खेलमा काठमाण्डौ

शरदको टिम सँग पारसको टिम पराजित

धनगढि चैत २९ । धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किंग्स विजयी भएको छ । विराटनगरले पारस खड्का कप्तान रहेको धनगढी

खड्काको धनगढि टिम चौराहाको पहिलो जित,भेषवाकरको बिराटनगर किंग्स सेमीफाईनल नजिक

धनगढि,बैसाख २     धनगडीमा जारी डीपीएल क्रिकेटमा पारस खड्काको धनगढि चौराहाले पहिलो जित निकाल्दा शरद भेषवाकरको बिराटनगर किंग्सले लगातार तेश्रो