ad

वित्तिय सुशासन पालना नगर्ने कुनैपनि बैंक कारबाहीको भागिदार बन्ने राष्ट्र बैंकका डेपुटि गभर्नरको चेतावनी

उर्लाबारी, २४ वैशाख ।
नेपाल राष्ट्र बैंकका डेप्युटी गर्भनर चिन्तामणी सिवाकोटीले वित्तिय सुशासन पालना नगर्ने कुनैपनि बैंक कारबाहीको भागिदार बन्ने चेतावनी दिएका छन् ।
आम नागरिकको पैसा माथि मनपरी गर्ने अधिकार कसैलाई पनि नभएको प्रष्ट पार्दैै शिवाकोटीले बैंकिङ कसुर गर्ने जुनसकै बैंक तथा बित्तिय संस्थालाई नछाडन्े बताउनुभयो । मोरङको उर्लाबारीमा आज सप्तकोशी डेभलपमेण्ट बैंकको दशौं शाखा उद्घाटन गर्र्दै शिवाकोटीले आर्थिक अनुशासन कायम राख्न वित्तिय नियमलाई कडा पारिएको बताउनुभयो ।  बैंकिङ नियममा त्रुटि भए त्यसलाई सच्याउन राष्ट्र बैंक तयार रहेको बताउँदै शिवाकोटीले प्रचलित नियम उल्लङ्घन गर्ने अधिकार कसैलाई पनि नभएको बताउनुभयो । २०४६ सालदेखि राष्ट्र बैंकले उदार अर्थतन्त्रलाई अवलम्बन गरेको र उदार अर्थतन्त्रमा बैंकहरुलाई ब्याजदर बढाउने–घटाउने अधिकार रहेको शिवाकोटीले बताउनुभयो ।

 बचत र कर्जा ब्याजदरमा औसत पाँच प्रतिशत भन्दा बढी अन्तर गर्न नपाइने वित्तिय नियम रहेको र यदि कसैले त्यस नियमलाई उल्लङ्घन गरी ब्याजदरमा आफूखुशी अन्तर पारे कारबाही गर्ने उहाँले बताउनुभयोे । बैंकहरुले एउटै कृषि परियोजनामा सात करोड रुपैयाँ सम्म कर्जा प्रवाह गर्न सक्ने र त्यसको पाँच प्रतिशत ब्याज सरकारले बिहोर्ने शिवाकोटीले बताउनुभयो । सप्तकोशी डेभलपमेण्ट बैंक सञ्चालक समितिका अध्यक्ष तारानाथ निरौलाले सबै बैंकका मालिक निक्षेपकर्ता र सेवाग्राही हुने उल्लेख गर्दै आफ्नो बैंकले सेवाग्राहीलाई सातदिन भित्र कर्जा दिने दाबी गर्नुभयो । गाउँ गाउँमा बैंक स्थापना गर्न जरुरी रहेको बताउँदै उहाँले निकट भविष्यमै मोरङ, इलाम र पाँचथरमा थप पाँचवटा शाखा विस्तार गर्ने जानकारी दिनुभयो । नेपाल पत्रकार महासंघ शाखा मोरङका अध्यक्ष बन्धु पोखरेलले बैंकहरुले कम ब्याजदरमा कर्जा सम्झौता गरेपनि ब्याजदरमा बृद्धि गर्दैलानेगरेको गुनासो गर्नुभयो । उर्लाबारी नगरपालिकाका प्रमुख अम्बिकाप्रसाद चौंलागाईले प्रत्येक क्षेत्रमा बैंक स्थापना हुन जरुरी रहेको उल्लेख गर्दैै वित्तिय संस्थाहरुको अभिलेख राख्नुपर्ने बताउनुभयो ।
 

अब नेपाल टेलिकमको डाटाबाट वेबसाइट खोल्दा पैसा लाग्दैन !

 काठमाडौ। नेपाल टेलिकमले जीएसएम सेवामा सरकारी वेबसाइटहरु निःशुल्क खुल्ने ब्यवस्था गरेको छ । झण्डै ५५० सरकारी साइटहरु निशुल्क भिजिट गर्न सकिने गरी

सुनको भाउ सामान्य घट्यो ।

काठमाडौं, वैशाख १४ ।          नेपाली बजारमा बिहीबार सुनको भाउमा केही कमी आएको छ ।  अघिल्लो दिनको तुलनामा आज सुन तोलामा एक सय रुपैयाँ सस्तिएको हो

सुनको भाउ आज दुई सय रुपैयाँले बढेको छ ।

डेस्क,बैशाख१७ सुनको भाउ आज दुई सय रुपैयाँले बढेको छ । आज प्रति तोला सुन ५४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले

वित्तिय सुशासन पालना नगर्ने कुनैपनि बैंक कारबाहीको भागिदार बन्ने राष्ट्र बैंकका डेपुटि गभर्नरको चेतावनी

उर्लाबारी, २४ वैशाख ।                         नेपाल राष्ट्र बैंकका डेप्युटी गर्भनर चिन्तामणी सिवाकोटीले वित्तिय सुशासन पालना नगर्ने