ad

पत्रकारीतालाई मर्यादित बनाउनुपर्नेमा जोड 


उर्लाबारी  असोज २६ ।
    पत्रकारीता पेशालाई मर्यादित,निश्पक्ष र बिश्वसनीय बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन । 
    सञ्चार क्लब नेपाल उर्लाबारीले नजिकिदै गरेको नेपालीहरुको महान चाड वडादशै शुभदीपावली तथा छठ पर्वको अवसरमा उर्लाबारीमा आज आयोजना गरेको  स्थानीय तहमा सञ्चारकर्मीको भुमिका तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले पत्रकारीतालाई मर्यादित पेशा बनाउनुपर्नेमा जोड दिएका हुन । कार्यक्रममा उर्लाबारी नगरपालिका प्रमुख खड्ग फागोले राज्यको आँखा पुग्न नसकेका बिभिन्न बिषयहरु तथ्यपरक ढंगले बाहिर ल्याई सुसुचित गराउन पत्रकारहरुको बिशेष भुमीका हुने बताउदै पुर्वाग्रहि ढंगले समाजलाई असर पुर्याउने गरी,व्यत्तिगत चरीत्र हत्या गर्ने गरी कलम चलाउने पत्रकार हुनै नसक्ने बताउनुभयो ।
आवाज ...........
पत्रकारीता पेशालाई राज्यले चौथो अंगको रुपमा सम्मान गरीरहेको अबस्थामा केहि पत्रकारहरुले समग्र पत्रकारीता पेशालाई नै अमर्यादित बनाउदै लगेको मेयर फागोले बताउनुभयो । उर्लाबारी नगरपालिकाले आह्वान गरेको ठेक्काको सन्दर्भमा केहि सञ्चार गृहले सम्प्रेषण गरेको समाचार प्रति ईन्गिद गर्दै मेयर फागोले भन्नुभयो । 
आवाज .............
जे लेखेपनि समाजले मान्छ भन्ने मनश्थिति केहि पत्रकारमा रहेकाले त्यस्तो मनिश्थिति नराख्न मेयर फागोले सुझाव दिनुभयो । तथ्यपरक ढंगले निश्पक्ष रुपमा पत्रकारले कलम चलाएको खण्डमा उनीहरु वास्तवमै सम्मानको हकदार हुने उहाँको भनाई थियो । यस्तै कार्यक्रममा उर्लाबारी उद्योग बाणिज्य संघको अध्यक्ष प्रितम खड्गीले पनि पत्रकारीता निश्पक्ष रुपमा नभएको प्रति चिन्ता व्यक्त गर्नुभयो । सञ्चार गृहहरु राजनीतिक दल बिशेषको मुकदर्शक भएको उहाँको बुझाई थियो । उहाँले भन्नुभयो–उर्लाबारीका हरेक सञ्चार गृहले पार्टीको मुकदर्शकको रुपमा समाचार सम्प्रेषण गरीरहेका छन जुन पत्रकारीता पेशाकै लागी दुर्भाग्यको बिषय हो । यस्तै उर्लाबारी नगरपालिका वडा नं ७ का वडाध्यक्ष बीरबल थापाले पत्रकारहरुले समाजको पथप्रदर्शकको काम गर्न सक्ने गरी हैशियत राख्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्यावसन प्रदेश नं १ सल्लाहाकार एवं सप्तकोशी आवाशिय बिद्यालयका निर्देशक लेखनाथ भट्टराईले आवश्यकताको पहिचान गरी समाजको सर्वाङगीण हित हुने गरी कलम चलाउन पत्रकारहरुलाई सुझाव दिनुभयो । घटनाको संवेदनशिलतालाई ध्यान नदिई सतहि ढंगले सम्प्रेशण गरीएका समाचारले समाजमा बिचलन ल्याउने भएकाले कुनै पनि बिषयलाई हल्का ढंगले प्रस्तुत गर्न नहुनेमा उहाँको जोड थियो । उहाँले सञ्चार गृहहरुको सवलीकरणमा समेत जोड दिनुभयो । सञ्चार क्लब नेपालका अध्यक्ष सरोज बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकारको तर्फबाट क्लबका पुर्व अध्यक्ष रुपेन्द्र शेर्मा र पत्रकार महासंघ मोरङ शाखाका सहसचिव सन्तोष राई, शशस्त्र प्रहरी बल मंगलबारेका प्रमुख प्रेम बहादुर भण्डारी,ईलाका प्रहरी कार्यलय उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक रामप्रसाद तिमल्सीना,उर्लाबारी उद्योग बाणिज्य संघकी उद्योग सचिव सम्झना आचार्यले पनि बोल्नुभएको थियो । 
 

नँया बर्ष २०७४ आज बाट शुरु

उर्लाबारी बैशाख १ । विक्रम संवत २०७३  लाई बिदाइ गर्दै आज देखि नयाँ वर्ष २०७४ सुरु भएको छ । आपसमा शुभकामना आदानप्रदान, भेटघाट, खानपीन र रमाइलो गरेर नयाँ

पहिलो चरणको निर्वाचनका लागी आज मनोनयन दर्ता हुदै

डेस्क बैशाख १९ ।  पहिलो चरणको स्थानीय तह चुनावका लागि मंगलबार उम्मेद्वारको मनोनयन दुर्ता हुँदैछ । मनोनयन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म दर्ता

हिजो मनोनित उम्मेद्वार माथि आज दावी बिरोध गर्न सकिने

डेस्क बैशाख २० ।      आगामी बैसाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचन अन्र्तगत हिजो मनोनयन दर्ता गरेका उम्मेदवार माथि आज दावी विरोधको समय

बैशाख ३१ गतेको निर्वाचनका लागी आज उम्मेद्वारको नामावली सार्वजनीक हुदै

डेस्क,बैशाख २१ निर्वाचन आयोगले पहिलो चरणको स्थानीय तह निर्वाचनका उम्मेदवारको नामावली आज प्रकाशन गर्ने भएको छ । आयोगले आज अहिले ११ बजेदेखि १ बजेसम्म