ad

अपराध नियन्त्रणमा सफल भएको प्रहरी निरीक्षक तिमल्सीनाको दावी ।


उर्लाबारी, २४ असोज ।
      ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक रामप्रसाद तिमल्सीनाले आफु उर्लाबारी आएसँगै अपराध,लागुऔषद,चोरी डकैति,जुवातास लगायत अन्य गैह्रकानुनी धन्दामा कमी आएको दावी गर्नुभएको छ । 
चाडपर्व लक्षित सुरक्षा रणनितिको बारेमा जानकारी गराउन आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलनको आयोजना गरी उहाँले यस्तो दावी गर्नुभएको हो । उर्लाबारीको प्रहरी प्रमुख भएर आएको चार महिना अवधिमा अपराधसँग सम्बन्धित सबै बिषयमा कमी ल्याउन सफल भएको उहाँको दावी थियो । गुण्डागर्दी प्रमुख समस्याको रुपमा देखेको र त्यसको नियन्त्रणका लागी बिशेष अभियान नै सञ्चालन गरेको बारे प्रहरी निरीक्षक तिमल्सीनाले भन्नुभयो । 

 लागुऔषध दुव्र्यशनीतर्फ लागुऔषधको कारोबार गर्ने र भण्डारण गर्ने समस्या अन्य क्षेत्रमा देखीने गरेको भएपनि अहिले सम्म उर्लाबारीमा त्यस्तो अपराध नभेटिएको उहाँको भनाई थियो । जुवातास सट्टेवाजीजस्ता कानुनद्धारा प्रतिबन्धित कार्य गर्नेहरुलाई समेत कानुनी कारवाहिमा ल्याएकाले अहिले उर्लाबारीमा त्यस्ता गतिविधिमा कमी आएको प्रहरी निरीक्षक तिमल्सीनाको दावी छ । सवारी दुर्घटना कम गराउनका लागी पनि प्रभावकारी काम गरीरहेको उहाँले बताउनुभयो । नियमीत सवारी जाँचलाई निरन्तरता दिने र तिव्र गतिमा रहेका सवारीलाई कारवाहि गर्ने गरेकोले सवारी दुर्घटनामा कमी आएको प्रहरी निरक्षक तिमल्सीनको दावी थियो । 

यसैबिच,नजिकिँदैगरेको चाडपर्वलाई लक्षीत गरी प्रहरीले मोरङको उर्लाबारीमा सुरक्षा व्यवस्थालाई कडा बनाएको जनाएको छ । उर्लाबारी चोक, वरगाछी, हाटखोला, स्कुलडाँडा, आइतबारे र मंगलबारेमा  प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको हो ।
      प्रहरीले जुवातास खेलेर समाजमा विकृति विसंगती फैल्याउनेलाई कानुन बमोजिम कारबाही गर्ने बताएको छ । समाजमा बढ्दो लागू औषध प्रयोगकर्तालाई नियन्त्रण गर्न समाजका अगुवासँग छलफल गरेर सुधार गृहमा लगेर राखिने उहाँले जानकारी दिनुभयो । चाड पर्वको समयमा चोरी डकैतीका घटना हुन नदिन उच्च सुरक्षा सर्तकता अपनाइएको उहाँले बताउनुभयो । होटल तथा लजहरुमा हुने अवैध यौन गतिविधि नियन्त्रणका लागि पनि प्रहरीले कदम चालेको उहाँले जानकारी दिनुभयो । अवैध किसिमले होटल तथा लजमा वेश्यावृत्ती गर्ने÷गराउनेलाई कानुनी दायरामा ल्याइएको प्रहरी निरीक्षक तिम्सिनाले बताउनुभयो । प्रहरी निरीक्षक तिमल्सीनाले आफ्नो ४ महिनाको अवधिमा अपराध नियन्त्रणमा उल्लेख्य सुधार भएको दावी गरेपनि सो प्रहरी दावी अनुसारकै सुरक्षा अनुभुति र अपाराध न्युनीकरण भने नभएको कतिपय स्थानीयहरुले बताएका छन । 
 

पुर्वमा आज भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु,आधा दर्जन घाईते

उर्लाबारी चैत २४ ।                      सुनसरीको हरिनगरा गाउँपालिका–१ मा आज ट्याक्टरको ठक्करबाट एक बालिकाकोे मृत्यु भएको छ ।   मृत्यु

विश्व स्वास्थ्य दिवस,डिप्रेशनबारे खुलेर कुरा गरौ

डेस्क चैत २५ । विश्व स्वास्थ्य दिवस, आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । यस वर्षको दिवसलाई मानसिक स्वास्थ्यमा केन्द्रीत गरिएको छ । मानसिक

गुण्डा नाईके लामा माथी गोली प्रहार

काठमाडौ चैत २९ ।  प्रहरीले गुन्डा नाईने भन्दै मोस्ट वान्टेड सुचिमा राखेका दावा लामामाथी काठमाण्डौमा गोली प्रहार भएको छ ।  गौरी घाटको दिव्यश्वरी

नो हर्न प्लिज ।

काठमाडौ बैशाख १ । सरकारले आजदेखि लागु हुने गरि काठमाडौं उपत्यकामा आकस्मिक बाहेकको अवस्थामा सवारी हर्न निषेध गरेको छ ।  अनावश्यक हर्न निषेधित