ad

राम्री खोलाको सास्ती अन्त्य हुने ।


उर्लाबारी असोज २२ ।
    मोरङको उर्लाबारी–५ को उत्तरी क्षेत्र झुम्राबासीहरुका लागी लामो समय देखी क्षेती पुर्याउदै आएको राम्री खोलामा बनाईको कज वे चालु आर्थीक बर्षमा पुर्ण रुपमा व्यबस्थापन गरीने भएको छ ।     गत आर्थीक बर्षमै कजवे निर्माण सम्पन्न भएको भएपनि राम्री खोलाको पानी तिव्र गतिमा आउने र कजवेको डिल माथीबाट आएको पानीले बालीनाली क्षति पुर्याएकाले त्यसको व्यवस्थापन यो आर्थीक बर्षमा गर्ने तयारी भईरहेको वडाध्यक्ष भानुभक्त शर्मा पराजुलीले बताउनुभयो । 
    गत आर्थीक बर्षमा समयमा योजना सम्पन्न हुन नसक्दा रकमान्तर गर्नु परेको बास्तवीकतालाई मध्यनजर गर्दै यो आर्थीक बर्षमा भने समयमै काम सक्ने गरी काम भईरहेको वडा कार्यालयले जनाएको छ । चालु आर्थीक बर्षका लागी छनौटमा परेका योजनाहरुको कार्यान्वयन प्रक्रिया दशै तिहार पछि शुरु गर्ने तयराी भइरहेको छ । त्यसका लागी अहिले द्रुत गतिमा योजना सम्झौता,लागत मुल्यांकन र टोलबिकास समिति गठनको काम भईरहेको वडाध्यक्ष पराजुलीले बताउनुभयो । 
    उर्लाबारी वडा नं ५ ले चालु आर्थीक बर्षका लागी झण्डै एक करोडको बजेट सिलिङ पाएको छ । पुर्वाधार विकास कार्यक्रम तर्फ सबैभन्दा बढि ६७ लाख,सामाजिक बिकास कार्यक्रम तर्फ ११ लाख,आर्थीक बिकास कार्यक्रम तर्फ १२ लाख र बातावरण तथा विपद व्यवस्थापन कार्यक्रम तर्फ ५ लाख गरी जम्मा ९५ लाख रुपैयाँ बजेट पाएको छ । 

मोरङमा उर्जा प्रविधिबाट सिचाई शुरु

विराटनगर बैशाख १४ । मोरंङ जिल्लामा सौर्य उर्जा अर्थात सोलार प्रविधिबाट सिचाइ सुरु गरिएको छ ।    दक्षिणि मोरंगको अमाही वरियाती वार्ड न ३ मा जिल्ला

पुर्वी तराइ,तटिय क्षेत्रका बासिन्दालाइ सावाधानी अपनाउ अनुरोध

डेस्क,भदौ ११ पूर्वी तराईका झापा, मोरङ, सुनसरी, सप्तरी आसपासका नदी तटीय क्षेत्रका बासिन्दालाई सोमबार बिहानसम्म सावधानी अपनाउन बाढी पूर्वानुमान

धारामा लेदो र धमीलो पानी आउन थालेपछि बिराटनगरबासी समस्यामा

विराटनगर भदौ १५ ।  वर्षा र  वाढिले खानेपानीको पाईपमा क्षति पुुर्याउदा धारामा लेदो र धमिलो पानी आउन थालेपछी विराटनगरवासी समस्यामा परेका छन

‘सडक सुरक्षा अभियानसम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम’ सम्पन्न

उर्लाबारी, २४ भदौ ।      नेपालमा सडक दुर्घटना हुनुको मुख्य तीन कारण छन् । पहिलो कारण सडकको दुरवस्था, दोस्रो कारण जनचेतनाको कमी र तेस्रो कारण