ad

आर्थिक क्रान्ति बिना परिवर्तित राजनीतिक व्यवस्था संस्थागत हुदैन । पोख्रेल


उर्लाबारी, २० असोज 
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेश पोखरेलले आर्थिक क्रान्ति बिना परिवर्तित राजनीतिक व्यवस्था संस्थागत नहुने बताएका छन् ।
सुदर्शन बचत तथा ऋण सहकारी संस्था उर्लाबारीको आठौं साधारणसभालाई शनिबार सम्बोधन गर्दै पोखरेलले सो कुरा बताएका हुन् । सहकारी अभियानका कारण विश्वका थुप्रै मुलुक समृद्धशाली बनेको उल्लेख गर्दै पोखरेलले नेपालमा पनि सहकारी अभियान सफल हुँदै गएको दाबी गरे । केही समय अघि दक्षीण कोरियामा भएको सहकारी विद्वानहरुको अन्तर्राष्ट्रिय भेलामा सहकारी अभियान आर्थिक परिवर्तनको मेरुदण्ड भएको स्वीकार गरिएको कुरा उनले सुनाए ।
पोखरेलले सहकारी अभियानलाई सार्थक बनाउन शेयर सदस्यहरुलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिए । शेयर सदस्यको व्यवसायिकताले मात्रै आर्थीक समृद्धिको यात्रा सफल हुने उनको भनाई थियो । 
सहकारीको माध्यमबाट देशले समृद्धि हाँसिल गर्न सक्ने कुरालाई आत्मसात गर्दै सरकारले पनि तीन खम्बे अर्थनीतिमा सहकारीलाई समावेश गरेकाले सोहीअनुरुप सहकारी संस्थाहरुले पनि काम गर्नुपर्ने उनले बताए । सहकारी अभियानलाई अघि बढाउनका लागि सहकारी मैत्री ऐन जारी भएकाले सहकारीकर्मीहरुले निर्धक्कका साथ काम गर्न सक्ने उनले जानकारी दिए । सहकारीले कानुनी रुपमा सबै कारोवार गर्ने आधार बनीसकेको अवस्थामा सहकारी संस्थाहरुले शेयर सदस्यहरुको आर्थीक अवस्था उकास्ने गरी व्यावसायिकताको यात्रा तय गर्नुपर्ने उनले बताए ।  विपन्न मुलुकको आर्थीक विकासका लागी सहकारी अभियान नै प्रमुख विकल्प हुने उनको भनाई थियो । 
जिल्ला सहकारी संघका अध्यक्ष डिल्ली पोखरेलले नेपालमा सहकारी अभियानले सफलताको ऊचाई प्राप्त गरेको ठोकुवा गरे । सहकारीमा आबद्ध भएका नागरिकहरुको आर्थिकस्तर उस्कँदै गएको उनको भनाई थियो । संस्थाका अध्यक्ष चिरीञ्जीवी भट्टराईको अध्यक्षतामा भएको सो सभामा उर्लाबारीका पत्रकार दुर्गा भट्टराई, केदार चौहान, जगन्नाथ भट्टराई, रूपेन्द्र शेर्मा, नवराज भट्टराई, भानु गिरी र सुमन घिमिरेलाई ढाकाको टोपी लगाएर सम्मान गरिएको छ । सभामा उत्कृष्ठ कारोबार गर्ने दर्जनौ शेयर सदस्य तथा दर्जन बढी उत्कृष्ठ बालशैक्षिक बचतकर्ताहरुलाई पनि सम्मान गरिएको छ ।
 

अब नेपाल टेलिकमको डाटाबाट वेबसाइट खोल्दा पैसा लाग्दैन !

 काठमाडौ। नेपाल टेलिकमले जीएसएम सेवामा सरकारी वेबसाइटहरु निःशुल्क खुल्ने ब्यवस्था गरेको छ । झण्डै ५५० सरकारी साइटहरु निशुल्क भिजिट गर्न सकिने गरी

सुनको भाउ सामान्य घट्यो ।

काठमाडौं, वैशाख १४ ।          नेपाली बजारमा बिहीबार सुनको भाउमा केही कमी आएको छ ।  अघिल्लो दिनको तुलनामा आज सुन तोलामा एक सय रुपैयाँ सस्तिएको हो

सुनको भाउ आज दुई सय रुपैयाँले बढेको छ ।

डेस्क,बैशाख१७ सुनको भाउ आज दुई सय रुपैयाँले बढेको छ । आज प्रति तोला सुन ५४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले

वित्तिय सुशासन पालना नगर्ने कुनैपनि बैंक कारबाहीको भागिदार बन्ने राष्ट्र बैंकका डेपुटि गभर्नरको चेतावनी

उर्लाबारी, २४ वैशाख । नेपाल राष्ट्र बैंकका डेप्युटी गर्भनर चिन्तामणी सिवाकोटीले वित्तिय सुशासन पालना नगर्ने कुनैपनि बैंक कारबाहीको भागिदार बन्ने