ad

आर्थिक क्रान्ति बिना परिवर्तित राजनीतिक व्यवस्था संस्थागत हुदैन । पोख्रेल


उर्लाबारी, २० असोज 
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेश पोखरेलले आर्थिक क्रान्ति बिना परिवर्तित राजनीतिक व्यवस्था संस्थागत नहुने बताएका छन् ।
सुदर्शन बचत तथा ऋण सहकारी संस्था उर्लाबारीको आठौं साधारणसभालाई शनिबार सम्बोधन गर्दै पोखरेलले सो कुरा बताएका हुन् । सहकारी अभियानका कारण विश्वका थुप्रै मुलुक समृद्धशाली बनेको उल्लेख गर्दै पोखरेलले नेपालमा पनि सहकारी अभियान सफल हुँदै गएको दाबी गरे । केही समय अघि दक्षीण कोरियामा भएको सहकारी विद्वानहरुको अन्तर्राष्ट्रिय भेलामा सहकारी अभियान आर्थिक परिवर्तनको मेरुदण्ड भएको स्वीकार गरिएको कुरा उनले सुनाए ।
पोखरेलले सहकारी अभियानलाई सार्थक बनाउन शेयर सदस्यहरुलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिए । शेयर सदस्यको व्यवसायिकताले मात्रै आर्थीक समृद्धिको यात्रा सफल हुने उनको भनाई थियो । 
सहकारीको माध्यमबाट देशले समृद्धि हाँसिल गर्न सक्ने कुरालाई आत्मसात गर्दै सरकारले पनि तीन खम्बे अर्थनीतिमा सहकारीलाई समावेश गरेकाले सोहीअनुरुप सहकारी संस्थाहरुले पनि काम गर्नुपर्ने उनले बताए । सहकारी अभियानलाई अघि बढाउनका लागि सहकारी मैत्री ऐन जारी भएकाले सहकारीकर्मीहरुले निर्धक्कका साथ काम गर्न सक्ने उनले जानकारी दिए । सहकारीले कानुनी रुपमा सबै कारोवार गर्ने आधार बनीसकेको अवस्थामा सहकारी संस्थाहरुले शेयर सदस्यहरुको आर्थीक अवस्था उकास्ने गरी व्यावसायिकताको यात्रा तय गर्नुपर्ने उनले बताए ।  विपन्न मुलुकको आर्थीक विकासका लागी सहकारी अभियान नै प्रमुख विकल्प हुने उनको भनाई थियो । 
जिल्ला सहकारी संघका अध्यक्ष डिल्ली पोखरेलले नेपालमा सहकारी अभियानले सफलताको ऊचाई प्राप्त गरेको ठोकुवा गरे । सहकारीमा आबद्ध भएका नागरिकहरुको आर्थिकस्तर उस्कँदै गएको उनको भनाई थियो । संस्थाका अध्यक्ष चिरीञ्जीवी भट्टराईको अध्यक्षतामा भएको सो सभामा उर्लाबारीका पत्रकार दुर्गा भट्टराई, केदार चौहान, जगन्नाथ भट्टराई, रूपेन्द्र शेर्मा, नवराज भट्टराई, भानु गिरी र सुमन घिमिरेलाई ढाकाको टोपी लगाएर सम्मान गरिएको छ । सभामा उत्कृष्ठ कारोबार गर्ने दर्जनौ शेयर सदस्य तथा दर्जन बढी उत्कृष्ठ बालशैक्षिक बचतकर्ताहरुलाई पनि सम्मान गरिएको छ ।
 

नँया बर्ष २०७४ आज बाट शुरु

उर्लाबारी बैशाख १ । विक्रम संवत २०७३  लाई बिदाइ गर्दै आज देखि नयाँ वर्ष २०७४ सुरु भएको छ । आपसमा शुभकामना आदानप्रदान, भेटघाट, खानपीन र रमाइलो गरेर नयाँ

पहिलो चरणको निर्वाचनका लागी आज मनोनयन दर्ता हुदै

डेस्क बैशाख १९ ।  पहिलो चरणको स्थानीय तह चुनावका लागि मंगलबार उम्मेद्वारको मनोनयन दुर्ता हुँदैछ । मनोनयन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म दर्ता

हिजो मनोनित उम्मेद्वार माथि आज दावी बिरोध गर्न सकिने

डेस्क बैशाख २० ।      आगामी बैसाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचन अन्र्तगत हिजो मनोनयन दर्ता गरेका उम्मेदवार माथि आज दावी विरोधको समय

बैशाख ३१ गतेको निर्वाचनका लागी आज उम्मेद्वारको नामावली सार्वजनीक हुदै

डेस्क,बैशाख २१ निर्वाचन आयोगले पहिलो चरणको स्थानीय तह निर्वाचनका उम्मेदवारको नामावली आज प्रकाशन गर्ने भएको छ । आयोगले आज अहिले ११ बजेदेखि १ बजेसम्म