ad

निर्माण उपभोक्ता समिति गठन तिब्र ।


उर्लाबारी असोज १९ ।
    मोरङको उर्लाबारी नगरपालिका वडा नं ८ ले चालु आर्थीक बर्षका योजनाहरु अघि बढाउनका लागी निर्माण उपभोत्ता समिति गठन प्रक्रिया तिव्र गतिमा अघि बढाएको छ । 
चालु आर्थीक बर्ष २०७५–७६ का लागी छनौट भएका बिभिन्न योजनाहरु सञ्चालनका लागी सम्बन्धित क्षेत्रको निर्माण उपभोत्ता समिति गठन भइरहेको वडाध्यक्ष कुल बहादुर कार्कीले बताउनुभयो । गठन भईसकेका उपभोत्ता समितिहरुले नगरपालिकाका प्राविधिकसँगको सहकार्यमा लागत मुल्यांकन गरी लागत सहभागिता रकम उठाउने काम पनि भईरहेको वडाध्यक्ष कार्कीले बताउनुभयो । 
आवाज ।।
लागत सहभागितामा स्थानीयहरुलाई समाहित गर्न भेन केहि चुनौति भएको वडा कार्यालयले जनाएको छ । आर्थीक अबस्था कमजोर भएकाहरुबाट लागत सहभागिता जुटाउन मुश्किल हुने गरेको बताईएको छ । यद्यपि चालु आर्थीक बर्षमा भने त्यस्तो अवस्था निकै कम भएको वडाध्यक्ष कार्कीले बताउनुभयो । लामो समय देखी बिकासको पर्खाइमा बसेका वडावासीले लागत सहभागितामा समाहित हुने र वडाको सक्रिय बिकासमा सहयोग पुर्याउने अपेक्षा लिएको वडाध्यक्ष कार्कीको भनाई छ । 
आवाज ।। 
उर्लाबारी नगरपालिकाका अन्य वडा झै वडा नं ८ ले पनि चालु आर्थीक बर्षका लागी झण्डै एक करोड रकम बजेट सिलिङ पाएको छ । आर्थीक विकास कार्यक्रम तर्फ १६ लाख,सामाजिक विकास कार्यक्रम तर्फ ११ लाख ५० हजार,पुर्वाधार विकास कार्यक्रम तर्फ ६२ लाख र बातावरण तथा विपद् व्यबस्थापन कार्यक्रम तर्फ ७ लाख ५० हजार गरी कुल ९७ लाख रुपैँया वडा नं ८ ले पाएको छ । साविक सिंगो राजघाट गाविसलाई उर्लाबारी वडा नं ८ र ९ बनाईएकाले पनि उत्त क्षेत्र अन्य वडा भन्दा पछाडी रहेको छ । अधिकांशको आयस्रोत कृषि नै भएकाले आधुनीक कृषि प्रणालीको बिकास महत्वपुर्ण भएको जानकारहरुले बताएका छन । 
 

पुर्वमा आज भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु,आधा दर्जन घाईते

उर्लाबारी चैत २४ ।                      सुनसरीको हरिनगरा गाउँपालिका–१ मा आज ट्याक्टरको ठक्करबाट एक बालिकाकोे मृत्यु भएको छ ।   मृत्यु

विश्व स्वास्थ्य दिवस,डिप्रेशनबारे खुलेर कुरा गरौ

डेस्क चैत २५ । विश्व स्वास्थ्य दिवस, आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । यस वर्षको दिवसलाई मानसिक स्वास्थ्यमा केन्द्रीत गरिएको छ । मानसिक

गुण्डा नाईके लामा माथी गोली प्रहार

काठमाडौ चैत २९ ।  प्रहरीले गुन्डा नाईने भन्दै मोस्ट वान्टेड सुचिमा राखेका दावा लामामाथी काठमाण्डौमा गोली प्रहार भएको छ ।  गौरी घाटको दिव्यश्वरी

नो हर्न प्लिज ।

काठमाडौ बैशाख १ । सरकारले आजदेखि लागु हुने गरि काठमाडौं उपत्यकामा आकस्मिक बाहेकको अवस्थामा सवारी हर्न निषेध गरेको छ ।  अनावश्यक हर्न निषेधित