ad

राजमार्ग सफाई अभियान शुरु ।


डेस्क असोज १८ ।
     मोरङको उर्लाबारी नगरपालिकाले राजमार्ग सरसफाई अभियान शुरु गरेको छ ।
      आज बाट शुरु भएको उत्त अभियान एक साताभित्रमा सकिने नगर प्रमुख खड्ग फागोले बताउनुभयो । अभियानको आज बिहान मावा पुल छेउबाट नगरप्रमुख फागोले ग्रास कटर मेशिनको प्रयोग गरी उद्घाटन गर्नुभयो । नगरपालिका भित्र पर्ने राजमार्ग अन्तर्गत पुर्वको मावा पुल र पश्चिम तर्फ सुनझोडा पुलसम्म सरसफाई गरीने नगर प्रमुख फागोले बताउनुभयो । नजिकिदै गरेको चाडपर्वलाई समेत लक्षित गरी सरसफाई अभियान शुरु गरिएको हो ।  बिशेष गरी राजमार्गको  उत्तर दक्षिण किनारामा रहेको झाडी हटाउने गरी काम शुरु भएको छ । उत्त क्षेत्रलाई लागुपदार्थ सेवन गर्नेहरुले आफ्नो सुरक्षित स्थान ठान्ने गरेको र त्यसको अन्त्यका लागी पनि राजमार्गको दुवै किनार सफा गर्ने अभियान शुरु गरीएको नगर प्रमुख फागोले बताउनुभयो । आजबाट शुरु भएको सरसफाई कार्यक्रम एक साता भित्रमा सम्पन्न गरीसक्ने बताईएको छ । यस्तै उर्लाबारी नगरपालिका र ट्राफिक प्रहरी उर्लाबारीको सहकार्यमा राजमार्गका बिभिन्न स्थानमा मापदण्ड अनुरुप जेव्रा क्रसिङ निर्माणको काम पनि तत्काल शुरु गरीने नगरपालिकाले जनाएको छ । यअघि जुनसुकै स्थानमा जथाभावि रुपमा बनाइएका जेव्रा क्रसिङलाई बिस्थापित गर्दै मापदण्ड अनुसार नँया जेव्रा क्रसिङ बनाईने बताईएको छ । 
 

नँया बर्ष २०७४ आज बाट शुरु

उर्लाबारी बैशाख १ । विक्रम संवत २०७३  लाई बिदाइ गर्दै आज देखि नयाँ वर्ष २०७४ सुरु भएको छ । आपसमा शुभकामना आदानप्रदान, भेटघाट, खानपीन र रमाइलो गरेर नयाँ

पहिलो चरणको निर्वाचनका लागी आज मनोनयन दर्ता हुदै

डेस्क बैशाख १९ ।  पहिलो चरणको स्थानीय तह चुनावका लागि मंगलबार उम्मेद्वारको मनोनयन दुर्ता हुँदैछ । मनोनयन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म दर्ता

हिजो मनोनित उम्मेद्वार माथि आज दावी बिरोध गर्न सकिने

डेस्क बैशाख २० ।      आगामी बैसाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचन अन्र्तगत हिजो मनोनयन दर्ता गरेका उम्मेदवार माथि आज दावी विरोधको समय

बैशाख ३१ गतेको निर्वाचनका लागी आज उम्मेद्वारको नामावली सार्वजनीक हुदै

डेस्क,बैशाख २१ निर्वाचन आयोगले पहिलो चरणको स्थानीय तह निर्वाचनका उम्मेदवारको नामावली आज प्रकाशन गर्ने भएको छ । आयोगले आज अहिले ११ बजेदेखि १ बजेसम्म