ad

सडक सुरक्षा सचेतना कार्यक्रम सम्पन्न ।


उर्लाबारी असोज १५ ।
    १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यलयका प्रमुख डिएसपी कृष्ण प्रसाईले राजमार्गमा भन्दा भित्रि सडक खण्डमा दुर्घटना बढ्दै गईरहेको भन्दै  ट्राफिक नियम पालना गरेर सवारी चलाउन आग्रह गर्नुभएको छ । 
     युनीभर्सल युथ ग्रुप उर्लाबारीले आज आयोजना गरेको सडक सुरक्षा सचेतना कार्यक्रममा बोल्दै उहाँले भित्रि सडक खण्डमा बढिरहेका दुर्घटना न्युनीकरणका लागी जिम्वेवार हुन सम्बन्धित सबैलाई आग्रह गर्नुभयो । भित्रि सडक खण्डमा ट्राफिक प्रहरीको जनशक्ति पर्याप्त मात्रामा पुग्न नसकेको र ती सडक खण्डमा स्वदुर्घटना बढि हुने गरेको उहाँको भनाई छ । एउटा सवारी अर्को सँग ठोक्किएर हुने दुर्घटना भन्दा पनि तिव्र गतिका कारण अनियन्त्रीत भई दुर्घटनामा पर्ने घटनाहरु बढेको उहाँको भनाई छ ।  यसैबिच युनीभर्सल युथ ग्रुपले आफ्नो १२ महिना १२ सामाजिक काम अभियान अन्तर्गत आज उलाबारीका बिभिन्न स्थानमा सडक सुरक्षा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । यो बर्षको तेश्रो काम अन्तर्गत उत्त क्लबले आज सडक सुरक्षा सचेतना कार्यक्रम गरेको अध्यक्ष सुनील धिमालले बताउनुभयो । उत्त कार्यक्रम मंगलबारे चौक,उर्लाबारी हाटखोला,बरगाछी चौक र दुर्गापुरी चौकमा सम्पन्न गरीएको कार्यक्रम संयोजक बिजय धिमालले जानकारी दिनुभयो । पुर्व पश्चिम राजमार्गमा गुड्ने सवारीका चालकहरुलाई सम्मान गर्दै ट्राफिक नियम पालना गर्न उत्प्रेरीत गरीएको थियो । सडक दुर्घटना न्युनीकरणमा सहयोग पुर्याउने उदेश्यले सञ्चालन गरीएको कार्यक्रममा बिभिन्न बिद्यालयका बिद्यार्थीहरुले सडक सुरक्षा सचेतनासँग सम्बन्धित प्ले कार्डहरु देखाएका थिए । कार्यक्रममा नगर उपप्रमुख लक्ष्मी देवी भण्डारी सहित बिभिन्न संघ संस्थाका प्रतिनिधि,समाजसेवी जय धर्म आचार्य,रुद्र तामाङ लगायतको उपस्थिति रहेको थियो ।  युनिभर्सल युथ ग्रुपले यसअघि वृक्षरोपण र सरसफाई कार्यक्रम गरेको थियो । 
 

नँया बर्ष २०७४ आज बाट शुरु

उर्लाबारी बैशाख १ । विक्रम संवत २०७३  लाई बिदाइ गर्दै आज देखि नयाँ वर्ष २०७४ सुरु भएको छ । आपसमा शुभकामना आदानप्रदान, भेटघाट, खानपीन र रमाइलो गरेर नयाँ

पहिलो चरणको निर्वाचनका लागी आज मनोनयन दर्ता हुदै

डेस्क बैशाख १९ ।  पहिलो चरणको स्थानीय तह चुनावका लागि मंगलबार उम्मेद्वारको मनोनयन दुर्ता हुँदैछ । मनोनयन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म दर्ता

हिजो मनोनित उम्मेद्वार माथि आज दावी बिरोध गर्न सकिने

डेस्क बैशाख २० ।      आगामी बैसाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचन अन्र्तगत हिजो मनोनयन दर्ता गरेका उम्मेदवार माथि आज दावी विरोधको समय

बैशाख ३१ गतेको निर्वाचनका लागी आज उम्मेद्वारको नामावली सार्वजनीक हुदै

डेस्क,बैशाख २१ निर्वाचन आयोगले पहिलो चरणको स्थानीय तह निर्वाचनका उम्मेदवारको नामावली आज प्रकाशन गर्ने भएको छ । आयोगले आज अहिले ११ बजेदेखि १ बजेसम्म