ad

ज्येष्ठ नागरीक सम्मानीत


उर्लाबारी असोज १५ ।
    उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले ज्येष्ठ नागरीकहरुको स्वास्थ्य परीक्षणका लागी प्रत्येक वडा कार्यालयमा स्वास्थ्य शिविर सञ्चालनको तयारी भइरहेको बताउनुभएको  छ ।
    २८ औ अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा नगरपालिकाले आयोजना गरेको ज्येष्ठ नागरीक सम्मान कार्यक्रममा बोल्दै मेयर फागोले महिनामा एक देखी दुई पटक सम्म स्वास्थ्य शिविर सञ्चालन गरिने बताउनुभएको हो । उहाँले भन्नुभयो “ज्येष्ठ नागरीकलाई अस्पताल सम्म पुग्न समस्या हुने भएकाले सम्बन्धीत वडामा पायक पर्ने गरी स्वास्थ्य शिविर सञ्चालनका लागी नगर कार्यपालिकाले गृहकार्य गरीरहेको छ“ । ज्येष्ठ नागरीकहरुको अनुभव र ज्ञानलाई आत्मसाथ गर्दै उहाँहरुको सम्मानमा नगरपालिकाले बिभिन्न कार्यक्रमहरु ल्याउने समेत उहाँले बताउनुभयो । यसैबिच उर्लाबारी नगरपालिकाले ९ जना ज्येष्ठ सदस्यहरुलाई आज सम्मान गरेको छ । अन्तराष्ट्रिय ज्येष्ठ नागरीक दिवशको अवशर पारी प्रत्येक वडाका एक–एक जना ज्येष्ठ नागरीकलाई नगरपालिका कार्यलयमा एक कार्यक्रमको आयोजना गरी नगद र सम्मान पत्र सहित सम्मान गरेको हो । सम्मानीत हुने ज्येष्ठ नागरीकहरुमा वडा नं बाट ८९ बर्षिय बेल कुमारी श्रेष्ठ,२ बाट ९२ बर्षिय नन्द कुमार तामाङ,३ नम्बर वडाबाट ९१ बर्षिय हर्क प्रसाद भट्टराई,वडा नं ४ बाट १ सय बर्षिया लिलामाया निरौला र वडा नं ५ बाट ९१ बर्षिय नरपति बराल रहनुभएको छ । यस्तै सम्मानीतहुनेहरुमा वडा नं ६ बाट ९३ बर्षिय पदम बहादुर सुनाम, वडा नं ७ बाट ९६ बर्षिय रत्न माया शाक्य,वडा नं ८ बाट १ सय १ बर्षिया कुस्मी धामी थारु र वडा नं ९ बाट ९७ बर्षिय राम माया खतिवडा रहनुभएको छ । 
 

नँया बर्ष २०७४ आज बाट शुरु

उर्लाबारी बैशाख १ । विक्रम संवत २०७३  लाई बिदाइ गर्दै आज देखि नयाँ वर्ष २०७४ सुरु भएको छ । आपसमा शुभकामना आदानप्रदान, भेटघाट, खानपीन र रमाइलो गरेर नयाँ

पहिलो चरणको निर्वाचनका लागी आज मनोनयन दर्ता हुदै

डेस्क बैशाख १९ ।  पहिलो चरणको स्थानीय तह चुनावका लागि मंगलबार उम्मेद्वारको मनोनयन दुर्ता हुँदैछ । मनोनयन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म दर्ता

हिजो मनोनित उम्मेद्वार माथि आज दावी बिरोध गर्न सकिने

डेस्क बैशाख २० ।      आगामी बैसाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचन अन्र्तगत हिजो मनोनयन दर्ता गरेका उम्मेदवार माथि आज दावी विरोधको समय

बैशाख ३१ गतेको निर्वाचनका लागी आज उम्मेद्वारको नामावली सार्वजनीक हुदै

डेस्क,बैशाख २१ निर्वाचन आयोगले पहिलो चरणको स्थानीय तह निर्वाचनका उम्मेदवारको नामावली आज प्रकाशन गर्ने भएको छ । आयोगले आज अहिले ११ बजेदेखि १ बजेसम्म