ad

    वडा नं ३ ले चैत मशान्त भित्रै सबै योजना सम्पन्न गरीसक्ने ।


उर्लाबारी असोज १२ ।
    उर्लाबारी नगरपालिका वडा नं ३ ले चालु आर्थीक बर्षको चैत मशान्त भित्रै सबै योजनाहरु सम्पन्न गर्ने गरी काम अघि बढाउने भएको छ । 
    
    आर्थीक बर्ष सकिनै लाग्दा हतारमा गरीएका कामहरु गुणस्तरहिन हुने गरेको बास्तविकतालाई बुझेर यो बर्ष चाँडै काम सक्ने गरी अघि बढिरहेको वडाकार्यालयले जनाएको छ । वडा भित्रका बिभिन्न टोलहरुमा परेका योजनाका बिषयमा जानकारी गराईसकिएको र ति योजना कार्यान्वयनका लागी निर्माण उपभोत्ता समिति समेत गठन गरीसकिएको वडाध्यक्ष गञ्जबहादुर कार्कीले बतानउनुभयो । स्थानीयसँगको आर्थीक साझेदारीका लागी प्राविधिकको टोलीले योजनाको लागत मुल्यांकन गर्ने र स्थानीयसँग आर्थीक साझेदारी गर्ने काम भईरहेको वडाध्यक्ष कार्कीले बताउनुभयो ।  

    उर्लाबारी नगरपालिकाका अन्य वडा झै वडा नम्बर ३ ले पनि चालु आर्थीक बर्ष २०७५÷७६ का लागी झण्डै एक करोड रकम बजेट सिलिङ पाएको छ । सबै भन्दा धेरै पुर्वाधार बिकासका लागी ६४ लाख, आर्थीक विकास कार्यक्रमका लागी १३ लाख,सामाजिक बिकासका लागी ११ लाख र बातावरण तथा विपद् व्यवस्थापनका कार्यक्रमका लागी ७ लाख ५० हजार गरी जम्मा ९५ लाख ५० हजार बजेट छुट्याईएको छ । गत आर्थीक बर्षमा हतारमा काम गर्नु परेको र त्यो सन्तोषजनक नभएको स्वीकार गर्दै वडाध्यक्ष कार्कीले चालु आर्थीक बर्षमा भने चैत मसान्त भित्रै काम सक्ने दावी गर्नुभयो । 
 

नँया बर्ष २०७४ आज बाट शुरु

उर्लाबारी बैशाख १ । विक्रम संवत २०७३  लाई बिदाइ गर्दै आज देखि नयाँ वर्ष २०७४ सुरु भएको छ । आपसमा शुभकामना आदानप्रदान, भेटघाट, खानपीन र रमाइलो गरेर नयाँ

पहिलो चरणको निर्वाचनका लागी आज मनोनयन दर्ता हुदै

डेस्क बैशाख १९ ।  पहिलो चरणको स्थानीय तह चुनावका लागि मंगलबार उम्मेद्वारको मनोनयन दुर्ता हुँदैछ । मनोनयन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म दर्ता

हिजो मनोनित उम्मेद्वार माथि आज दावी बिरोध गर्न सकिने

डेस्क बैशाख २० ।      आगामी बैसाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचन अन्र्तगत हिजो मनोनयन दर्ता गरेका उम्मेदवार माथि आज दावी विरोधको समय

बैशाख ३१ गतेको निर्वाचनका लागी आज उम्मेद्वारको नामावली सार्वजनीक हुदै

डेस्क,बैशाख २१ निर्वाचन आयोगले पहिलो चरणको स्थानीय तह निर्वाचनका उम्मेदवारको नामावली आज प्रकाशन गर्ने भएको छ । आयोगले आज अहिले ११ बजेदेखि १ बजेसम्म