ad

बेरोजगार युवालाई कृषि पेशामा आकर्शीत गर्न वडा नं २ को पहल ।


उर्लाबारी असोज १० ।
उर्लाबारी नगरपालिका वडा नंम्बर २ ले युवाहरुलाई कृषि पेशामा आकर्षित गर्नका लागी माछापालन,बंगुरपालन र मौरीपालन लगायतमा सहयोग गर्ने भएको छ । 
बिशेष गरी प्लस टु पास गरेर बेरोजगार बसेका  युवाहरुलाई लक्षित गरी वडाले बिशेष योजना बनाईरहेको २ नम्बर वडाका वडाध्यक्ष राजन कुमार कँडेलले बताउनुभयो । बेरोजगार युवाहरु कुलतमा फस्ने सम्भावना बढिरहेको र त्यस्तो हुन नदिनका लागी वडा कार्यालयले गरीरहेको पहल बारे वडाध्यक्ष कँडेलले भन्नुभयो । “प्लस टु पास गरेर पढाई छाडेर बेरोजगार बसेका युवाहरु कुलतमा फस्ने सम्भावना बढि भएका ले सामुदायीक बनसँगको सहकार्यमा माछापालन व्यबसायमा युवाहरुलाई आकर्षीत गर्ने योजना बनाईरहेको छु ”
भौगोलिक रुपमा ठुलो र वडा भित्रका सबैजसो नागरीकहरु कृषि पेशामा आबद्ध रहेकाले पनि आधुनीक रुपमा कृषि प्रणालीको बिकास गरी समृद्ध वडा निर्माणमा लागी परेको वडाध्यक्ष कँडेलको भनाई छ । वडा नं २ भित्रै चारवटा सामुदायिक बन रहेकाले बनभित्र माछापालन व्यवसायको भविश्य पनि राम्रो भएको उहाँको भनाई छ । वडा कार्यालयले माछापालन लगायतका उत्पादन मुलक कृषि कार्यमा सहयोग गर्ने जनाएसँगै वडा भित्र माछापालन गर्ने युवाहरु समेत बढ्दै गएका छन । वडा भित्रका फरक फरक स्थानमा १० बिघा भन्दा बढि स्थानमा माछापालन शुरु भईसकेको वडा कार्यालयले जनाएको छ । 
यसैबिच वडा नं २ ले चालु आर्थीक बर्षका लागी बिभिन्न शिर्षकमा झण्डै एक करोड बजेट सिलिङ पाएको छ । आर्थीक बिकास,सामाजिक बिकास,पुर्वाधार विकास र बन,बातावरण तथा विपद व्यवस्थापन शिर्षकमा उत्त वडाले ९५ लाख ५० हजार बजेट सिलिङ पाएको हो । उक्त बजेटलाई प्रभावकारी रुपमा उपयोगका निम्ति बिभिन्न निर्माण उपभोक्ता समिति गठनको क्रमलाई तिब्र पारीएको वडाध्यक्ष कँडेलले बताउनुभयो । 
    स्थानीय जनप्रतिनिधिहरुले वडाको सर्वाङगीण बिकासका लागी सक्रियता देखाएसँगै स्थानीयवासीहरुमा उत्साह बढेको पाईएको छ ।
 

नँया बर्ष २०७४ आज बाट शुरु

उर्लाबारी बैशाख १ । विक्रम संवत २०७३  लाई बिदाइ गर्दै आज देखि नयाँ वर्ष २०७४ सुरु भएको छ । आपसमा शुभकामना आदानप्रदान, भेटघाट, खानपीन र रमाइलो गरेर नयाँ

पहिलो चरणको निर्वाचनका लागी आज मनोनयन दर्ता हुदै

डेस्क बैशाख १९ ।  पहिलो चरणको स्थानीय तह चुनावका लागि मंगलबार उम्मेद्वारको मनोनयन दुर्ता हुँदैछ । मनोनयन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म दर्ता

हिजो मनोनित उम्मेद्वार माथि आज दावी बिरोध गर्न सकिने

डेस्क बैशाख २० ।      आगामी बैसाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचन अन्र्तगत हिजो मनोनयन दर्ता गरेका उम्मेदवार माथि आज दावी विरोधको समय

बैशाख ३१ गतेको निर्वाचनका लागी आज उम्मेद्वारको नामावली सार्वजनीक हुदै

डेस्क,बैशाख २१ निर्वाचन आयोगले पहिलो चरणको स्थानीय तह निर्वाचनका उम्मेदवारको नामावली आज प्रकाशन गर्ने भएको छ । आयोगले आज अहिले ११ बजेदेखि १ बजेसम्म