ad

उर्लाबारीका केहि पत्रकारले अनावश्यक बिषयमा कलम चलाए–मेयर फागो 


उर्लाबारी असोज ६ ।
    मोरङको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले उर्लाबारीका केहि पत्रकारले अनावश्यक बिषय उठाएर समाजलाई असर पुर्याएको भन्दै आपत्ति जनाउनुभएको छ । 
    उर्लाबारी–४ आइतबारेस्थित शुभ चन्द्रसुर्य बचत तथा ऋण सहकारी संस्थाको चौंधौ बार्षिक साधारणसभामा प्रमुख अतिथिको रुपमा आज सम्बोधन गर्ने क्रममा अनावश्यक बिषयमा कलम चलाएर व्यत्तिगत चरीत्र हत्या गर्ने प्रयास गर्ने पत्रकारप्रति लक्षित गर्दै मेयर फागोले भन्नुभयो “कसैको व्यत्तिगत चरीत्र हत्या गर्ने समाजमा असर गर्ने,राष्ट्रलाई असर पुर्याउने,ईमोशनल ब्ल्याकमेलिङ गर्ने पत्रकारलाई म पत्याउदिन” ।
    केहि पत्रकारले समाजलाई असर पुर्याउने गरी अनावश्यक बिषय उठान गरेको बिषयलाई भाषणको क्रममा बारम्बार दोहोर्याए पनि मेयर फागोले कुन सञ्चार गृहको कुन  पत्रकारले त्यसो गर्यो भनेर किटान भने गर्नुभएन । पत्रकार राष्ट्रको चौथो अंगको रुपमा रहे पनि निश्चित मापदण्ड र आचारसंहितालाई आधारभुत रुपमा पालना गरेर मात्र कलम चलाउन मेयर फागोको सुझाव थियो । 
पुर्वाग्रहि ढंगले समाचारहरु बाहिर आउने गरेको प्रति कडा आक्रोस व्यत्त गुर्दै मेयर फागोले आफुले कुनै पनि कार्यसम्पादनको क्रममा  एक पैसा भ्रष्टाचार वा अनियमितता गरेको भए प्रमाण पुर्याउन चुनौति समेत दिनुभयो । उर्लाबारी नगरका कुनै पनि क्षेत्रमा जनप्रतिनिधिले स्थानीय जनताका लागी गर्नुपर्ने काम नगरेको भेटेमा खबरदारी गर्न मेयर फागोले आग्रह समेत गर्नुभयो । जनतालाई माथी राखेर कलम चलाउन सुझाव दिदै मेयर फागोले पत्रकार सँग जो पनि डराउछ भन्ने भ्रम नराख्न सचेत गराउनुभयो । 
केहि महिना अघि मिक्लु र सोल्टी खोला च्यानलाईजको क्रममा अनियमितता भएको भन्ने समाचार बाहिर आएपछि मेयर फागो केहि पत्रकार प्रति रुष्ठ बन्नुभएको कतिपयको भनाई छ । यद्यपि मिक्लु र सोल्टी खोला च्यानलाईजको क्रममा भएको भनिएको अनियमितताका बारेमा सत्य तथ्य बाहिर ल्याउन १ नम्बर प्रदेश सरकारले गठन गरेको छानविन समितिले अहिले सम्म प्रतिवेदन सार्वजनीक गर्न सकेको छैन । 
    
 

नँया बर्ष २०७४ आज बाट शुरु

उर्लाबारी बैशाख १ । विक्रम संवत २०७३  लाई बिदाइ गर्दै आज देखि नयाँ वर्ष २०७४ सुरु भएको छ । आपसमा शुभकामना आदानप्रदान, भेटघाट, खानपीन र रमाइलो गरेर नयाँ

पहिलो चरणको निर्वाचनका लागी आज मनोनयन दर्ता हुदै

डेस्क बैशाख १९ ।  पहिलो चरणको स्थानीय तह चुनावका लागि मंगलबार उम्मेद्वारको मनोनयन दुर्ता हुँदैछ । मनोनयन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म दर्ता

हिजो मनोनित उम्मेद्वार माथि आज दावी बिरोध गर्न सकिने

डेस्क बैशाख २० ।      आगामी बैसाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचन अन्र्तगत हिजो मनोनयन दर्ता गरेका उम्मेदवार माथि आज दावी विरोधको समय

बैशाख ३१ गतेको निर्वाचनका लागी आज उम्मेद्वारको नामावली सार्वजनीक हुदै

डेस्क,बैशाख २१ निर्वाचन आयोगले पहिलो चरणको स्थानीय तह निर्वाचनका उम्मेदवारको नामावली आज प्रकाशन गर्ने भएको छ । आयोगले आज अहिले ११ बजेदेखि १ बजेसम्म