ad

समयमै योजना सम्पन्न गर्न सक्रिय हुदै वडा नं–१


उर्लाबारी असोज ५ ।
    मोरङको उर्लाबारी नगरपालिका वडा नं १ ले चालु आर्थीक बर्ष २०७५–७६ का लागी तयार पारिएका योजनाहरुलाई तत्काल अघि बढाउने भएको छ । 
    आर्थीक बर्ष शुरु भएको पहिलो तिन महिना भित्रमै वडा भित्रका लागी परेका योजनाहरुको काम शुरु गर्ने गरी निर्माण तथा उपभोत्ता  समिति गठनको काम तिव्र गतिमा भईरहेको वडाध्यक्ष मचिन्द्र कार्कीले जानकारी दिनुभयो । आर्थीक बर्ष सकिनै लाग्दा हतारीदै गरीने असारे विकासलाई प्रतिस्थापन गर्दै समयमै सबै योजनाहरु सम्पन्न गर्ने गरी लागी परेको वडाध्यक्ष कार्कीले बताउनुभयो । 
साविक मधुमल्ला गाविसका तिनवटा वडालाई समायोजन गरी बनाईएको वडा नं १,बिकासको गतिमा अन्य वडा भन्दा पछाडी रहेकाले द्रुत बिकास गर्न सरोकारवाला निकायसँगको सहयकार्यका साथ अघि बडेको वडाध्यक्ष कार्कीको भनाई छ । यद्यपि वडाको बिकासका लागी वडा कार्यालय र उपभोत्ताबिचको साझेदारीको क्रममा आर्थीक साझेदारी भने केहि जटिल रहेको वडाध्यक्ष कार्कीले बताउनुभयो । 
वडा नं –१ ले चालु आर्थीक बर्षका लागी बिभिन्न शिर्षकमा झण्डै एक करोडको बजेट सिलिङ प्राप्त गरेको वडा कार्यालयले जनाएको छ । जस अन्तर्गत आर्थीक विकास कार्यक्रम तर्फ १६ लाख,सामाजिक बिकासतर्फ ११ लाख ५० हजार,पुर्वाधार विकास कार्यक्रमका लागी ५१ लाख र वातावरण तथा विपद् व्यवस्थापन कार्यक्रमका लागी २० लाख रुपैयाँ रहेको छ । 

पुर्वमा आज भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु,आधा दर्जन घाईते

उर्लाबारी चैत २४ ।                      सुनसरीको हरिनगरा गाउँपालिका–१ मा आज ट्याक्टरको ठक्करबाट एक बालिकाकोे मृत्यु भएको छ ।   मृत्यु

विश्व स्वास्थ्य दिवस,डिप्रेशनबारे खुलेर कुरा गरौ

डेस्क चैत २५ । विश्व स्वास्थ्य दिवस, आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । यस वर्षको दिवसलाई मानसिक स्वास्थ्यमा केन्द्रीत गरिएको छ । मानसिक

गुण्डा नाईके लामा माथी गोली प्रहार

काठमाडौ चैत २९ ।  प्रहरीले गुन्डा नाईने भन्दै मोस्ट वान्टेड सुचिमा राखेका दावा लामामाथी काठमाण्डौमा गोली प्रहार भएको छ ।  गौरी घाटको दिव्यश्वरी

नो हर्न प्लिज ।

काठमाडौ बैशाख १ । सरकारले आजदेखि लागु हुने गरि काठमाडौं उपत्यकामा आकस्मिक बाहेकको अवस्थामा सवारी हर्न निषेध गरेको छ ।  अनावश्यक हर्न निषेधित