ad

राजनीतिक परिवर्तनमा विद्यार्थीहरुको योगदान महत्वपुर्ण–फागो


उर्लाबारी, २७ साउन
     नेपाली कांग्रेसका क्षेत्रीय सभापति एबम् उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले नेपालको राजनीतिक परिवर्तनमा विद्यार्थीहरुको महत्वपूूर्ण योगदान रहेको बताउनुभएको छ ।
      नेपाल विद्यार्थी संघ उर्लाबारी बहूमुखी क्याम्पस एकाईको अधिवेशनलाई आज सम्बोधन गर्दै फागोले सो कुरा बताउनुभएको हो । लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि नेविसंघले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै फागोले नेविसंघलाई आफ्नो झण्डाको परिधिभित्र रहेर काम गर्न निर्देशन दिनुभयो । नेविसंघको आन्दोलन दलगत स्वार्थका लागि नभई राष्ट्रिय हितमा हुनुपर्ने उहाँले बताउनुभयो। सर्वहारा वर्गको राजनीति गर्ने कम्युनिष्ट सरकारको मानसिकता दलगत स्वार्थमा केन्द्रीत रहेको उहाँको आरोप छ । पुँजीपतीको पार्टी भनेर आरोप लागेको कांग्रेस गरीबको पुँजी निर्माण गरेर धनी बनाउने पार्टी भएको उहाँको दाबी छ । गरीब जनताको पुँजी बृद्धि गरी धनी बनाएर कांग्रेसले नेपाललाई सिँगापुर र स्वीट्जरल्याण्ड जस्ता सम्पन्न मुलुक बनाउन चाहेको फागोको भनाई छ । अधिवेशनले सुुजित जश्वालको सभापतित्वमा नयाँ एकाई समिति गठन गरेको छ । जसको तीनजना उपसभापतिमा भुपेन्द्र काफ्ले, अस्मिता ढकाल र रोमन थापा रहनुभएको छ । एकाई समितिको सचिवमा योगेश छिनाल, सहसचिवमा आशिष ढकाल र कोषाध्यक्षमा सम्झना खड्का रहनुभएको छ । एकाई समितिको सदस्यहरुमा नरबहादुर मगर, नविन भण्डारी, स्नेहा भट्टराई, मालती तामाङ, सृजना लिम्बु, तिलक पौडेल, सन्तोष श्रेष्ठ, अमिस खत्री, राजकुमार खड्का, गुणराज थापा, प्रिया कटवाल, तिर्थकुमारी लिम्बु, विदेश शिवा, निगम खनाल, सालु अधिकारी, रक्षा भण्डारी,  सन्ध्या थापालगायत रहनुभएको छ ।
 

अवहेलना मुद्धामा देउवालाई कारण देखाउ आदेश जारी

काठमाडौ चैत २४ ।  अदालतको अवहेलना मुद्दामा सर्वाेच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नाममा कारण देखाउ आदेश जारी गरेको छ

निर्णायक भनिएको बैठक बस्दै नबसी स्थगित

काठमाडौ चैत २८ ।  मधेशी मोर्चाका नेताहरु अन्तिम समयमा काठमाडौं बाहिर गएपछि निर्णायक भनिएको सत्तारुढ दलसँगको वार्ता स्थगित भएको छ

गृहमन्त्रीको राजीनामा माग

काठमाडौ  चैत २८ ।  एमाले लगायत दलका सांसदले उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजीनामा मागेका छन्

नेपालको संविधान दोश्रो संशोधन विधेयक फिर्ता

काठमाडौ चैत २९ ।  सरकारले ब्यवस्थापिका संसदमा बिचाराधीन नेपालको संविधान दोस्रो संशोधन विधेयक फिर्ता लिएको छ ।  मधेसी मोर्चाको माग सम्बोधनका लागि