ad

उर्लाबारी रनको उपाधि पाँचथरका दिपकलाई


रूपेन्द्र शेर्मा
उर्लाबारी, २६ साउन ।
उर्लाबारी रनको उपाधि पाँचथर, हिलिहाङ–५ का २५ बर्षिय दिपक सुहाङले जितेका छन् । भारतीय सैनिकमा कार्यरत सुहाङले २३ मिनेट ११ सेकेण्डमा सात दशमलब २ किलोमिटर दुरी पार गरेका थिए । सुहाङलाई १० हजार नगद पुरस्कार प्रदान गरिएको छ ।
प्रतियोगितामा नेपालगञ्ज–९ का २६ बर्षिय ललित थापा दोस्रो भएका छन् । उनले २५ मिनेट १५ सेकेण्डमा दुरी पार गरेका हुन् । उनलाई सात हजार नगद पुरस्कार प्रदान गरिएको छ । अछाम मंगलसेन–२ का १७ बर्षिय रविनकुमार बोहोरा २६ मिनेट ३१ सेकेण्डमा दुरी पार गरेर तेस्रो भए । उनले पाँच हजार नगद हात पारेका छन् । सान्तवना भएका झापा दमकका २३ बर्षिय हर्क लहगुनलाई एक हजार नगद पुस्कार प्रदान गरिएको छ । उनले २६ मिनेट ५४ सेकेण्डमा दुरी पार गरेका थिए ।
    महिलातर्फ संखुवासभा सभापोखरी–२ की १८ बर्षिया सिर्जना राई प्रथम भएकी छिन् । ३४ मिनेट ३४ सेकेण्डमा दुरी पार गरेकी राईलाई १० हजार नगद पुरस्कार प्रदान गरियो । हालसालै संखुवासभाको खाँदबारीस्थित हिमालय सेकेण्डरी स्कुलबाट कक्षा–१२ को अध्ययन पुरा गरेकी राई यसअघिको बिभिन्न दौड प्रतियोगितामा समेत बिजेता भएकी थिइन् । धरान–१९ की १९ बर्षिया इन्द्रकला नेम्वाङ दोस्रो भइन् । ३५ मिनेट ५४  सकेण्डमा दुरी पार गरेकी नेम्वाङलाई सात हजार नगद पुरस्कार प्रदान गरियो । ३८ मिनेट २८  सेकेण्डमा दुरी पार गरेर तेस्रो भएकी मोरङ लक्ष्मीमार्गकी १६ बर्षिया संगीता तामाङलाई पाँच हजार तथा ३९ मिनेट ३५ सेकेण्डमा दुरी पार गरेर सान्तवना भएकी इटहरी–५ की १८ बर्षिया भिमा लिम्बुलाई एक हजार पुरस्कार प्रदान गरियो  । 
त्यसैगरी ४० बर्ष उमेर कटेका भेट्रानतर्फ धरान–१२ का ४८ बर्षिय निर्मल राई प्रथम, धरान–१४ का ४६ बर्षिय राम तामाङ दोस्रो, धरान–१४ का ४४ बर्षिय कालिबहादुर तामाङ तेस्रो र उर्लाबारी–४ का ५१ बर्षिय युवराज दाहाल सान्तवना भएका थिए ।
करिब विहान ८ बजे सुरु भएको सो दौड प्रतियोगितामा ३१ महिला र १६९ पुरुष गरी कुल दुई सय जनाको सहभागिता रहेको थियो । दौड प्रतियोगितामा सबैभन्दा पहिले कमल गौतम बाहिरिएका थिए । त्यसपछि हेमराज गुरुङ र डिल्ली न्यौपाने बाहिरिए । उनीहरु करिब सात सय मिटर दौडेर बाहिरिएका थिए । प्रतियोगितामा १५ देखि ५२ बर्ष उमेरका सहभागी थिए । उर्लाबारी–५ र ६ को सिमानामा पर्ने सुर्य चोकदेखि सुरु भएको दौड तरुण चोक–छाता छोक–आइतबारे हँुदै उर्लाबारी चोकदेखि पुन ः सुर्य चोकमा पुगेर समापन भएको थियो ।
उर्लाबारी नगरपालिकाको सहयोगमा सामुदायिक विकास मञ्चद्वारा आयोजित सो प्रतियोगिताका बिजेताहरुलाई उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
 

लखनपुरमा आजदेखी पुर्वाञ्चलस्तरीय फुटबल प्रतियोगिता

लखनपुर चैत २५ ।  झापाको लखनपुरमा आज शुक्रवारदेखि पूर्वाञ्चलस्तरीय फुटबल प्रतियोगिता सुरु हुँदैछ ।  कमल गाउँपालिकास्थित आदिवासी रंगशालामा

सिवाईसी अत्तरिया र रुपन्देहि च्यालेञ्जर्सको बिजयी शुरुवात

धनगढि चैत २८ । सिवाईसी अत्तरिया र रुपन्देहि च्यालेञ्जर्सले सगरमाथा धनगढी प्रिमियर लिग क्रिकेटमा विजयी सुरुवात गरेका छन ।  उद्घाटन खेलमा काठमाण्डौ

पुर्वाञ्चलस्तरीय फुटबल प्रतियोगिताको सेमीफाईनल समीकरण पुरा

लखनपुर चैत २८ । बिर्तामोड युनाईटेड झापाको लखनपुरमा जारी पूर्वाञ्चलस्तरीय फुटबल प्रतियोगिता को सेमीफाईनलमा प्रबेश गरेको छ ।  स्थानीय आदिवासी

शरदको टिम सँग पारसको टिम पराजित

धनगढि चैत २९ । धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किंग्स विजयी भएको छ । विराटनगरले पारस खड्का कप्तान रहेको धनगढी