ad

न्यायिक काम गर्दा उपमेयरको कुर्सीमा नबस्नुहोस्– न्यायाधिश


रूपेन्द्र शेर्मा
 उर्लाबारी, १८ साउन ।
      मोरङ जिल्ला अदालतका मुख्य न्यायाधिश राजुकुमार खतिवडाले न्यायिक काम गर्दा उपमेयरको कुर्सीमा बस्न नहुने सुझाव दिएका छन् । उपमेयर राजनीतिक पद भएकाले न्यायिक काम गर्दा त्यहाँ बस्न नमिल्ने उनको भनाई छ ।
      ‘उपमेयरको कुर्सीबाट न्याय सम्पादन गर्दा न्यायिक समिति प्रति जनविश्वास र जनआस्था घट्छ’, शुक्रबार नगर न्यायिक समितिद्वारा मोरङको उर्लाबारी–५ स्थित हाम्रो बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा आयोजित सामुदायिक मेलमिलापकर्ता आधारभुत तालिम उद्घाटन कार्यक्रममा खतिवडाले भने । राजनीतिक रुपले न्याय सम्पादन गर्दा जनविश्वास हट्ने भएकाले न्यायिक समितिले जनविश्वास र जनआस्था टुट्ने काम कहिल्यै गर्न नहुने उनले बताए ।
      न्याय सम्पादनका लागि छुट्टै कोठा बनाउन नगरपालिकालाई सुझाव दिँदै न्यायाधिश खतिवडाले भने, ‘न्यायिक समितिमा काम गर्दा उपमेयरको कुुर्सीमा नबस्नुहोस् । छुट्टै कोठामा बसेर न्यायिक काम गर्नुहोस् ।’ न्यायाधिश रेफ्री जस्तै भएकोले आवश्यक प्रमाणका आधारमा फैसला गरिने उनले जानकारी दिए । ‘न्यायाधिशले चाहँदैमा कसैलाई हराउन वा जिताउन सक्दैन, प्राप्त प्रमाणका आधारमा फैसला गरिन्छ’, खतिवडाले भने । फुटबल खेलमा जस्तै बढी गोल लगाउनको पक्षमा र कम गोल लगाउनेको विपक्षमा न्यायाधिशले फैसला गर्ने उनले बताए ।
       राज्यलाई असर पार्ने मुद्दामा कहिल्यैपनि मेलमिलाप गराउन नहुने उनले बताए । ‘बलात्कार, हत्या र मानव बेचबिखन जस्ता जघन्य अपराधमा मेलमिलाप नगराउनुहोस्’, खतिवडाले भने । कानुनले अख्तियार गरेको मुद्दामा मात्र मेलमिलाप गराउन उनको सुझाव छ ।
      राज्यले न्यायिक समितिलाई मुद्दा छिन्ने र मिलापत्र गराउने अधिकार दिएको उनले बताए । राज्यले विश्वास गरेकाले नगरपालिका र गाउँपालिकाको न्यायिक समिति अदालतीरुपमै स्थापित भइसकेको खतिवडाको भनाई छ । ‘न्यायिक समितिले प्रभावकारीरुपमा काम गरुन् भन्ने अपेक्षासहित राज्यले विश्वास गरेको छ’, उनले भने ।
नगर प्रमुख खड्ग फागो पनि बलात्कार जस्ता जघन्य अपराधका घटनामा मेलमिलाप गराउन नहुने सुझाव दिए । न्यायिक समिति माथि कसैले पनि हस्तक्षेप गर्न नहुने उल्लेख गर्दै प्रमुख फागोले न्याय सम्पादन स्तन्त्र, निश्पक्ष र पारदर्शी ढङ्गबाट हुनुपर्ने बताए । आर्थिक प्रलोभनमा पारेर कसैलाई अन्यायमा पार्न नहुने फागोले बताए । न्याय सम्बन्धी तालिमबाट न्याय सम्पादनमा निखारता आउने उनको विश्वास छ ।
 
नगरकी उपप्रमुख लक्ष्मीदेवी भण्डारीको अध्यक्षतामा सो तालिम उद्घाटन कार्यक्रम भएको थियो । अधिवक्ता गणेश लुंइटेल र प्रशिक्षक रामबाबु पोखरेलले तालिममा सहजीकरण गर्नेछन् । छ दिनसम्म सञ्चालन हुने तालिममा जनप्रतिनिधि र समाजसेवी गरी करिब ३५ जनाको सहभागिता रहेको समितिकी सदस्य शोभितमाया  तामाङले जानकारी दिइन् ।

नँया बर्ष २०७४ आज बाट शुरु

उर्लाबारी बैशाख १ । विक्रम संवत २०७३  लाई बिदाइ गर्दै आज देखि नयाँ वर्ष २०७४ सुरु भएको छ । आपसमा शुभकामना आदानप्रदान, भेटघाट, खानपीन र रमाइलो गरेर नयाँ

पहिलो चरणको निर्वाचनका लागी आज मनोनयन दर्ता हुदै

डेस्क बैशाख १९ ।  पहिलो चरणको स्थानीय तह चुनावका लागि मंगलबार उम्मेद्वारको मनोनयन दुर्ता हुँदैछ । मनोनयन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म दर्ता

हिजो मनोनित उम्मेद्वार माथि आज दावी बिरोध गर्न सकिने

डेस्क बैशाख २० ।      आगामी बैसाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचन अन्र्तगत हिजो मनोनयन दर्ता गरेका उम्मेदवार माथि आज दावी विरोधको समय

बैशाख ३१ गतेको निर्वाचनका लागी आज उम्मेद्वारको नामावली सार्वजनीक हुदै

डेस्क,बैशाख २१ निर्वाचन आयोगले पहिलो चरणको स्थानीय तह निर्वाचनका उम्मेदवारको नामावली आज प्रकाशन गर्ने भएको छ । आयोगले आज अहिले ११ बजेदेखि १ बजेसम्म