ad

लेखकको प्रश्न–‘राजा र माओवादीले बम पड्काउँदा केपी ओली कहाँ थियो ?’


रूपेन्द्र शेर्मा
उर्लाबारी, ६ साउन ।
    नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबम् पूर्व मन्त्री रमेश लेखक ले आइतबार मोरङको लेटाङमा प्रश्न गरे, ‘राजा र माओवादीले बम पड्काउँदा केपी ओली कहाँ थियो ?’
     ३६ औं बिपी स्मृति दिवसको अवसरमा कांग्रेस क्षेत्रीय समितिले आयोजना गरेको कार्यक्रममा लेखकले भने, ‘१७ हजार मान्छे मार्ने माओवादीलाई कांग्रेसले शान्ति प्रक्रियामा ल्यायो, तर त्यसबेला एमालेका केपी ओली कहाँ थियो ? शान्ति वार्ता टोलीले माओवादीसँग वार्ता गर्नुपर्छ भनेर प्रस्ताव राख्दा समेत ओलीले अस्वीकार गरेको लेखकले स्मरण गराए ।
एमाले गणतन्त्र विरोधी भएको आरोप लगाउँदै कांग्रेस कन्द्रीय सदस्य लेखकले एमालेबाट गणतन्त्रलाई खतरा भएको र वर्तमान सरकार यसको सबैभन्दा ठूलो चुनौति भएको दाबी गरे । संसारकै राजनीतिक इतिहासमा चारवटा तानाशाहविरुद्ध कांग्रेस लडेको उल्लेख गर्दै लेखकले भने, ‘एकतन्त्रीय जहानियाँ राणा शासन विरुद्ध, ३० बर्षे पञ्चायती शासनविरुद्ध, निरकुंश राजतन्त्र विरुद्ध र कम्युनिष्ट अतिवाद विरुद्ध कांग्रेस लडेको छ ।’  माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर संविधान कार्यान्वयन गरी स्थानीय तहको निर्बाचन कांग्रेसले गराएको लेखकको भनाई छ । उनले वर्तमान सरकार तीन करोड नेपाली जनता विरुद्ध रहेकोले डा.गोविन्द केसीको मागलाई वेवास्ता गरेको बताए ।
कांग्रेसका मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बुले बिपीले प्रतिपादन गरेको सिद्धान्तका कारण नागरिकहरुले स्वतन्त्रता प्राप्त गरेको उल्लेख गर्दै वर्तमान सरकार नागरिक अधिकारविरुद्ध अधिनायकवादतर्फ अग्रसर रहेको आरोप लगाए ।
कांग्रेस क्षेत्रीय सभापति खड्ग फागोको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला सल्लाहकार दिलीप सापकोटा, महासमिति सदस्य ललित अधिकारी, शंकर राई, ईश्वरीप्रसाद कोइराला, महाधिवेशन प्रतिनिधि शोभा चेम्जोङ पालुङ्वा, इुश्वरी जोशी, भिमलाल गहतराज, रोहित कार्की, दिपकचन्द्र राई, ज्ञानेन्द्र ढकाल, प्रकाश बस्नेत, भिम पोखरेल, गोमा नेपाललगायतले महामानव बीपी कोइरालाको योगदान, व्यक्तित्व र कृतित्व बारे चर्चा गरेका थिए ।

अवहेलना मुद्धामा देउवालाई कारण देखाउ आदेश जारी

काठमाडौ चैत २४ ।  अदालतको अवहेलना मुद्दामा सर्वाेच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नाममा कारण देखाउ आदेश जारी गरेको छ

निर्णायक भनिएको बैठक बस्दै नबसी स्थगित

काठमाडौ चैत २८ ।  मधेशी मोर्चाका नेताहरु अन्तिम समयमा काठमाडौं बाहिर गएपछि निर्णायक भनिएको सत्तारुढ दलसँगको वार्ता स्थगित भएको छ

गृहमन्त्रीको राजीनामा माग

काठमाडौ  चैत २८ ।  एमाले लगायत दलका सांसदले उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजीनामा मागेका छन्

नेपालको संविधान दोश्रो संशोधन विधेयक फिर्ता

काठमाडौ चैत २९ ।  सरकारले ब्यवस्थापिका संसदमा बिचाराधीन नेपालको संविधान दोस्रो संशोधन विधेयक फिर्ता लिएको छ ।  मधेसी मोर्चाको माग सम्बोधनका लागि