ad

उर्लाबारी उद्योग वाणिज्य संघको निर्बाचनका लागि  कांग्रेससहित गठबन्धनको उम्मेदवार सार्वजनिक 


रूपेन्द्र शेर्मा
उर्लाबारी, २ साउन

                      आसन्न उर्लाबारी उद्योग वाणिज्य संघको निर्बाचनका लागि आज संघीय लोकतान्त्रिक गठबन्धनले उम्मेदवारको नाम सार्वजनिक गरेका छन् । गठबन्धनले उर्लाबारी–७ स्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा एक कार्यक्रम आयोजना गरी उम्मेदवारको नाम सार्वजनिक गरेको हो । गठबन्धनमा कांग्रेससहित संघीय समाजवादी फोरम नेपाल र  संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवाननिकट उद्योगी व्यापारीहरु आबद्ध छन् ।
    गठबन्धनले अध्यक्षमा प्रितम खड्गी, वरिष्ठ उपाध्यक्षमा विनोद न्यौपाने, वाणिज्य उपाध्यक्षमा संगीता अधिकारी, उद्योग उपाध्यक्षमा अरुण अग्रवाल, महासचिवमा हेमराज गुरुङ, वाणिज्य सचिवमा नेत्र आपागाई, उद्योग सचिवमा प्रदिप खनाल, कोषाध्यक्षमा सानु सुवेदी तथा सदस्यहरुमा प्रेम राई, निर्मला चौहान, संजय शर्मा, रामप्रसाद धिमाल र अल्लाहदिन मियाँलाई उम्मेदवार बनाएको छ । त्यस्तै लेखा समिति संयोजकमा  दोर्ण अधिकारी र सदस्यमा सुरेश राईलाई उम्मेदवार बनाएको छ भने अर्का एकजना लेखा सदस्यको उम्मेदवारको नाम पछि जानकारी गराइने गठबन्धनले जनाएको छ ।
    उम्मेदवारहरुलाई शुभकामना दिनेक्रममा नगर प्रमुख एबम् कांग्रेस क्षेत्रीय सभापति खड्ग फागोले आफूले बाचा गरेका सबै काम पुरा गर्न उम्मेदवारहरुलाई सुझाव दिनुभयो । पुरा गर्न नसक्ने कुरा गरेर उद्योगी व्यापारीहरुलाई अल्मल्याउन नहुने तर बाचा गरेका सबै काम पुरा गर्नुपर्ने उहाँको भनाई थियो ।
    कांग्रेस नगर सभापति बिरबल थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा कांग्रेस जिल्ला सदस्य सीता कार्की, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवानकी जिल्ला अध्यक्ष दिलु लिङदेन, उर्लाबारी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तेजकुमार रिजाल, संघीय समाजवादी फोरम नेपाल उर्लाबारीका अध्यक्ष रामकुमार राईलगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

अवहेलना मुद्धामा देउवालाई कारण देखाउ आदेश जारी

काठमाडौ चैत २४ ।  अदालतको अवहेलना मुद्दामा सर्वाेच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नाममा कारण देखाउ आदेश जारी गरेको छ

निर्णायक भनिएको बैठक बस्दै नबसी स्थगित

काठमाडौ चैत २८ ।  मधेशी मोर्चाका नेताहरु अन्तिम समयमा काठमाडौं बाहिर गएपछि निर्णायक भनिएको सत्तारुढ दलसँगको वार्ता स्थगित भएको छ

गृहमन्त्रीको राजीनामा माग

काठमाडौ  चैत २८ ।  एमाले लगायत दलका सांसदले उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजीनामा मागेका छन्

नेपालको संविधान दोश्रो संशोधन विधेयक फिर्ता

काठमाडौ चैत २९ ।  सरकारले ब्यवस्थापिका संसदमा बिचाराधीन नेपालको संविधान दोस्रो संशोधन विधेयक फिर्ता लिएको छ ।  मधेसी मोर्चाको माग सम्बोधनका लागि