ad

बैशाख ३१ गतेको निर्वाचनका लागी आज उम्मेद्वारको नामावली सार्वजनीक हुदै

डेस्क,बैशाख २१
निर्वाचन आयोगले पहिलो चरणको स्थानीय तह निर्वाचनका उम्मेदवारको नामावली आज प्रकाशन गर्ने भएको छ ।
आयोगले आज अहिले ११ बजेदेखि १ बजेसम्म उम्मेदवारको नामावली प्रकाशित गर्ने जनाएको हो । आयोगले उम्मेदवारहरुका लागि नाम फिर्ता लिने समय पनि आजैका लागि तोकेको छ । आयोगले उम्मेदवार बनेकाहरुले आफ्नो नाम फिर्ता लिन चाहे दिउँसो १ बजेदेखि ५ बजेसम्मको समय छुट्याइएको जनाएको छ ।

उम्मेदवारी फिर्ता लिन चाहनेले सम्बन्धित प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेद्वारी फिर्ता लिनसक्ने छन् । आयोगले भोलि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी चुनाव चिह्न प्रदान गर्ने जनाएको छ । पहिलो चरणमा हुने २ सय ८३ स्थानीय तहको निर्वाचनमा करिब ४४ हजार ५१ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ । आयोगको तथ्यांकअनुसार महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकाका प्रमुखमा १ हजार ८ सय ५६ जनाले उम्मेदवारी दिएका छन् त्यस्तै उपप्रमुखमा करिब १ हजार ३ सय ७३ जनाले उम्मेदवारी दिएका छन् । नगरपालिका र गाउँपालिका वडाध्यक्षमा भने १० हजार ९८ ले उम्मेदवारी दिएको आयोगको प्रारम्भिक तथ्यांकले देखाएको छ । त्यसैगरी दुई खुला सदस्यका लागि १६ हजार ८३ जनाले उम्मेदवारी दिएका छन् भने महिला सदस्यका लागि ७ हजार ९ सय ९४ र दलित महिला कोटामा ६ हजार ६ सय ४५ जनाले उम्मेदवारी दिएका छन् । २ सय ८३ स्थानीय तहमा प्रमुख, उपप्रमुख र सदस्यसहित गरी १३ हजार ५ सय ५६ जना निर्वा्चित हुने छन् ।
 

नँया बर्ष २०७४ आज बाट शुरु

उर्लाबारी बैशाख १ । विक्रम संवत २०७३  लाई बिदाइ गर्दै आज देखि नयाँ वर्ष २०७४ सुरु भएको छ । आपसमा शुभकामना आदानप्रदान, भेटघाट, खानपीन र रमाइलो गरेर नयाँ

पहिलो चरणको निर्वाचनका लागी आज मनोनयन दर्ता हुदै

डेस्क बैशाख १९ ।  पहिलो चरणको स्थानीय तह चुनावका लागि मंगलबार उम्मेद्वारको मनोनयन दुर्ता हुँदैछ । मनोनयन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म दर्ता

हिजो मनोनित उम्मेद्वार माथि आज दावी बिरोध गर्न सकिने

डेस्क बैशाख २० ।      आगामी बैसाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचन अन्र्तगत हिजो मनोनयन दर्ता गरेका उम्मेदवार माथि आज दावी विरोधको समय

पहिलो चरणको निर्वाचन अनुगमनको जिम्मा तीन आयुक्तलाई

डेस्क बैशाख २३ ।  निर्वाचन आयोगले चारजना निर्वाचन आयुक्तलाई तीनवटा प्रदेशको चुनाव अनुगमनका लागी जिम्मेवारी प्रदान गरेकोे छ ।  स्थानीय चुनावका

  • नाम:
  • पद:
लेखकबाट

Nothing to Display