ad

सिवाईसी अत्तरिया र रुपन्देहि च्यालेञ्जर्सको बिजयी शुरुवात

धनगढि चैत २८ ।
सिवाईसी अत्तरिया र रुपन्देहि च्यालेञ्जर्सले सगरमाथा धनगढी प्रिमियर लिग क्रिकेटमा विजयी सुरुवात गरेका छन । 
उद्घाटन खेलमा काठमाण्डौ गोल्डेन्सलाई ४० रनले हराउँदै अत्तरियाले बिजयी सुरुवात गरेको हो भने दोश्रो खेलमा कञ्चनपुर आईकोनिकलाई १४ रनले पराजित गर्दै रुपन्देहिले पनि शुखद शुरुवात गरेको हो । उद्घाटन खेलमा १ सय ४७ रनको चुनौती पच्छ्याएको काठमाण्डौ ८ बल अगावै १ सय ६ रनमै समेटियो ।

 अविनाश बोहोराले ४ तथा विनोद रानाले ३ विकेट लिएपछि काठमाण्डौ कम स्कोरमै रोकिएको हो । काठमाण्डौका लागि सोमपाल कामीले सर्बाधिक ४० रन बनाए । सन्तोष भट्टले ३४ रन बनाएपनि टोलीको हार टार्न सकेनन् । उसका अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् ।  यसअघि धनगढी स्थित अञ्चल प्रहरी कार्यालयको मैदान मा  टस हारेर पहिले ब्याटिङ गरेको अत्तरियाले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ४६ रनको मधयम योगफल तयार पारेको थियो ।

उसका लागी योगेन्द्रसिंह कार्कीले सर्वाधिक ५७ रन बनाए । ज्ञानेन्द्र कुँबरले नटआउट ३४ रनको योगदान गरे । यस्तै दोश्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले निर्धारीत २० ओभरमा ८ विकेट जाँदा १ सय ४५ रन बनाएको थियो । १ सय ४६ रनको लक्ष्य पछ्याएको कञ्चनपुरले निर्धारित ओभरमा ९ विकेट जाँदा १ सय ३१ रन मात्र बनाउन सक्यो ।  कञ्चनपुरका सागर पुनले ३९ रन, सुनिल धमलाले २८, कुशल भुर्तेलले २७ रन बनाए । रुपन्देहीका साहब आलम र कृष्ण कार्कीले तीन तीन, शक्ति गौचनले दुई साथै दिपेश श्रेष्ठले एक विकेट चट्काएका थिए । 
 

लखनपुरमा आजदेखी पुर्वाञ्चलस्तरीय फुटबल प्रतियोगिता

लखनपुर चैत २५ ।  झापाको लखनपुरमा आज शुक्रवारदेखि पूर्वाञ्चलस्तरीय फुटबल प्रतियोगिता सुरु हुँदैछ ।  कमल गाउँपालिकास्थित आदिवासी रंगशालामा

पुर्वाञ्चलस्तरीय फुटबल प्रतियोगिताको सेमीफाईनल समीकरण पुरा

लखनपुर चैत २८ । बिर्तामोड युनाईटेड झापाको लखनपुरमा जारी पूर्वाञ्चलस्तरीय फुटबल प्रतियोगिता को सेमीफाईनलमा प्रबेश गरेको छ ।  स्थानीय आदिवासी

शरदको टिम सँग पारसको टिम पराजित

धनगढि चैत २९ । धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किंग्स विजयी भएको छ । विराटनगरले पारस खड्का कप्तान रहेको धनगढी

खड्काको धनगढि टिम चौराहाको पहिलो जित,भेषवाकरको बिराटनगर किंग्स सेमीफाईनल नजिक

धनगढि,बैसाख २     धनगडीमा जारी डीपीएल क्रिकेटमा पारस खड्काको धनगढि चौराहाले पहिलो जित निकाल्दा शरद भेषवाकरको बिराटनगर किंग्सले लगातार तेश्रो