ad

मिक्लु र सोल्टी खोलामाथि राजनीति


रूपेन्द्र शेर्मा
उर्लाबारी, ३०  जेठ ।
एमाले र माओवादी केन्द्र एकीकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टीका केही स्थानीय नेताहरुले मोरङको उर्लाबारीस्थित सोल्टी र मिक्लु खोलामाथि राजनीति गरेको भन्दै विरोध उत्पन्न भएको छ । उनीहरुको यस किसिमको राजनीतिले उर्लाबारीको विकास निर्माणमा गतिरोध सिर्जना गरेको भन्दै विरोध उत्पन्न भएको हो ।
एमालेका पूर्व क्षेत्रीय अध्यक्ष गङ्गाप्रसाद बास्तोलाको संयोजकत्वमा गठित छानविन समितिले सोल्टी र मिक्लु खोलाको विषयमा तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न आज उर्लाबारी–५ स्थित श्रीसगरमाथा बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा आयोजित कार्यक्रममा सहभागीहरुले विकास निर्माणको सवालमा अनावश्यक राजनीति गर्न नहुने सुझाव समेत दिएका छन् । सहभागीहरुले बास्तोलासहितका कम्युनिष्ट पार्टीका केही स्थानीय नेताहरुले एकपक्षीय र पूर्वाग्रही ढङ्गले सोल्टी र मिक्लु खोलामाथि कथित छानविन समिति बनाएर बितण्डा मच्चाएको आरोप लगाएका छन् । सहभागीहरुले मिक्लु र सोल्टी खोलाको बिषयमा अनावश्यकरुपले राजनीतिक मुद्दा बनाइएको दाबी समेत गरेका छन् ।
उर्लाबारी–४ का गणेश कटवालले स्थलगत निरीक्षण नै नगरी एकपक्षीय र राजनीतिक पूर्वाग्रही भएर बनाइएको छानविन समिति आफूलाई मान्य नभएको बताउनुभयो । उहाँले मिक्लु र सोल्टी खोलाको बिषयमा अनावश्यकरुपले विवाद चर्काएर उर्लाबारीको विकास निर्माणमा वाधा गर्न नहुने सुझाव समेत दिनुभयोे । उर्लाबारी–३ का वडा सदस्य सोमप्रसाद तिम्सिनाले उर्लाबारीको विकास रोक्न र जनतालाई अलमल्याउन एकपक्षीय ढङ्गले छानविन समिति बनाइएको आरोप लगाउनुभयो । नेपाल तरुण दलका नगर सभापति रोहित कार्कीले व्यक्तिगत रिसिबीलाई लिएर उर्लाबारीको विकास निर्माणमा वाधा पुर्याउन नहुने बिचार व्यक्त गर्नुभयो । उर्लाबारी–१ का गोबिन्द भट्टराईले पार्टीस्तरको छानबिन समिति आफूलाई मान्य नभएको बताउनुभयो । राप्रपाका जिल्ला सदस्य राजेन्द्र कार्कीले साना कुरामा मनमुटाब गरेर विकास निर्माणमा वाधा पुर्याउन नहुने बताउनुभयो । नयाँ शक्ति नेपालका क्षेत्रीय संयोजक मनोहरी दाहालले छानविन समिति अवैधानिक भएको बताउनुभयो ।
प्रदेश साँसद कुसल लिम्बुले छानविन समिति सर्वपक्षीय हुन नसकेकोले आगामी दिनमा सच्याउँदै जानुपर्ने बताउनुभयो । सबै मिलेर विकास निर्माणमा जुट्नुपर्ने बताउँदै लिम्बुले एकआपसमा अनावश्यक विवाद चर्काउन नहुने बताउनुभयो ।
    
 

पुर्वमा आज भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु,आधा दर्जन घाईते

उर्लाबारी चैत २४ ।                      सुनसरीको हरिनगरा गाउँपालिका–१ मा आज ट्याक्टरको ठक्करबाट एक बालिकाकोे मृत्यु भएको छ ।   मृत्यु

विश्व स्वास्थ्य दिवस,डिप्रेशनबारे खुलेर कुरा गरौ

डेस्क चैत २५ । विश्व स्वास्थ्य दिवस, आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । यस वर्षको दिवसलाई मानसिक स्वास्थ्यमा केन्द्रीत गरिएको छ । मानसिक

गुण्डा नाईके लामा माथी गोली प्रहार

काठमाडौ चैत २९ ।  प्रहरीले गुन्डा नाईने भन्दै मोस्ट वान्टेड सुचिमा राखेका दावा लामामाथी काठमाण्डौमा गोली प्रहार भएको छ ।  गौरी घाटको दिव्यश्वरी

नो हर्न प्लिज ।

काठमाडौ बैशाख १ । सरकारले आजदेखि लागु हुने गरि काठमाडौं उपत्यकामा आकस्मिक बाहेकको अवस्थामा सवारी हर्न निषेध गरेको छ ।  अनावश्यक हर्न निषेधित