ad

उर्लाबारीमा हुने अवैध यौन गतिविधि नियन्त्रणका लागी छापा ।


 उर्लाबारी, २९ जेठ ।
        मोरङको उर्लाबारी क्षेत्रमा रहेका होटल तथा लजहरुमा हुने अवैध यौन गतिविधिलाई नियन्त्रण गर्न प्रहरीले छापा मार्न थालेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिम्सिनाले बताउनुभयो ।
प्रहरी निरीक्षक तिम्सिनाले होटल तथा लजहरुमा हुने अवैध यौन गतिविधिलाई नियन्त्रण गर्न प्रहरीले सर्च अभियान सुरु गरेको बताउनुभयो । इलाका प्रहरी कार्यालयमा आज भएको पत्रकारहरु सँगको परिचयात्मक कार्यक्रममा प्रहरी निरीक्षक तिम्सिनाले आफ्नो कार्यकाल भरी होटल तथा लजहरुमा अवैधरुपले यौन गतिविधि सञ्चालन गर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले उर्लाबारी क्षेत्रमा लागू औषध नियन्त्रण गर्न कदम चाल्ने समेत बताउनुभयो । त्यसका लागि सम्भावित स्थानमा गस्ती गरिने, स्कुल तथा क्याम्पसहरुमा चेतनामुलक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने र दोषी पाइएकालाई कानुन बमोजिम कारबाही गरिने उहाँले बताउनुभयो । साथै,  सडक दुर्घटना न्युनिकरणका लागि सेचतनामुलक कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो । अपराध नियन्त्रणमा कुनै सम्झौता नगरी अगाडि बढ्ने उहाँले बताउनुभयो । सञ्चारकर्मीसँग समन्वय गरेर नागरिकहरुलाई सूचना प्रवाह गर्ने प्रहरी निरीक्षक तिम्सिनाले बताउनुभयो ।
 

नँया बर्ष २०७४ आज बाट शुरु

उर्लाबारी बैशाख १ । विक्रम संवत २०७३  लाई बिदाइ गर्दै आज देखि नयाँ वर्ष २०७४ सुरु भएको छ । आपसमा शुभकामना आदानप्रदान, भेटघाट, खानपीन र रमाइलो गरेर नयाँ

पहिलो चरणको निर्वाचनका लागी आज मनोनयन दर्ता हुदै

डेस्क बैशाख १९ ।  पहिलो चरणको स्थानीय तह चुनावका लागि मंगलबार उम्मेद्वारको मनोनयन दुर्ता हुँदैछ । मनोनयन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म दर्ता

हिजो मनोनित उम्मेद्वार माथि आज दावी बिरोध गर्न सकिने

डेस्क बैशाख २० ।      आगामी बैसाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचन अन्र्तगत हिजो मनोनयन दर्ता गरेका उम्मेदवार माथि आज दावी विरोधको समय

बैशाख ३१ गतेको निर्वाचनका लागी आज उम्मेद्वारको नामावली सार्वजनीक हुदै

डेस्क,बैशाख २१ निर्वाचन आयोगले पहिलो चरणको स्थानीय तह निर्वाचनका उम्मेदवारको नामावली आज प्रकाशन गर्ने भएको छ । आयोगले आज अहिले ११ बजेदेखि १ बजेसम्म