ad

उर्लाबारी नगरपालिका आजबाट पुर्ण खोपयुक्त ।


उर्लाबारी, २९ जेठ ।
मोरङको उर्लाबारीलाई आज पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरिएको छ । नगरपालिकाले एक कार्यक्रम आयोजना गरी उर्लाबारीलाई पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरेको छ ।
नगर क्षेत्रका बालबालिकालाई शारीरिक तथा मानसिकरूपले सुरक्षित तुल्याउने उद्देश्यले पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरिएको नगर प्रमुख खड्ग फागोले बताउनुभयो । बाल विवाह रोक्न नगरपालिकाले २० बर्षपछि मात्र विवाह गर्न सन्देश प्रवाह गर्ने फागोले बताउनुभयो । भ्रुण हत्यालाई निरुत्साहित गरिने उल्लेख गर्दै फागोले छोरी जन्माउनेलाई प्रोत्साहनस्वरुप पुरस्कारको व्यवस्था गरिने बताउनुभयो । सबै मिलेर उर्लाबारीलाई राम्रो नगरपालिका बनाउनुपर्नेमा जोड दिँदै नगर प्रमुख फागोले विकासविरुद्ध फैल्याइने झूठो अपवाहप्रति  सचेत रहन समेत नगरवासीलाई आग्रह गर्नुभयो । जिल्ला समन्वय समिति मोरङका सभापति नरेश पोखरेलले उर्लाबारी नगरपालिकालाई पूर्ण खोपयुक्त नगरपालिका घोषणा गर्नु सकारात्मक भएको टिप्पणी गर्नुभयो । नेपालमा धेरै राजनीतिक क्रान्ति भएकोले अव विकासको क्रान्तितर्फ सबैजना लाग्नुपर्ने उहाँको भनाई थियो । नगर प्रमुख फागोको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला जनस्वास्थ्य प्रमुख रामनन्द यादवले पनि बोल्नुभएको थियो ।
 

पुर्वमा आज भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु,आधा दर्जन घाईते

उर्लाबारी चैत २४ ।                      सुनसरीको हरिनगरा गाउँपालिका–१ मा आज ट्याक्टरको ठक्करबाट एक बालिकाकोे मृत्यु भएको छ ।   मृत्यु

विश्व स्वास्थ्य दिवस,डिप्रेशनबारे खुलेर कुरा गरौ

डेस्क चैत २५ । विश्व स्वास्थ्य दिवस, आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । यस वर्षको दिवसलाई मानसिक स्वास्थ्यमा केन्द्रीत गरिएको छ । मानसिक

गुण्डा नाईके लामा माथी गोली प्रहार

काठमाडौ चैत २९ ।  प्रहरीले गुन्डा नाईने भन्दै मोस्ट वान्टेड सुचिमा राखेका दावा लामामाथी काठमाण्डौमा गोली प्रहार भएको छ ।  गौरी घाटको दिव्यश्वरी

नो हर्न प्लिज ।

काठमाडौ बैशाख १ । सरकारले आजदेखि लागु हुने गरि काठमाडौं उपत्यकामा आकस्मिक बाहेकको अवस्थामा सवारी हर्न निषेध गरेको छ ।  अनावश्यक हर्न निषेधित

  • नाम:
  • पद:
लेखकबाट

Nothing to Display