ad

हिजो मनोनित उम्मेद्वार माथि आज दावी बिरोध गर्न सकिने

डेस्क बैशाख २० ।    
 आगामी बैसाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचन अन्र्तगत हिजो मनोनयन दर्ता गरेका उम्मेदवार माथि आज दावी विरोधको समय छुट्याईएको छ ।
 बिहान १० बजेदेखि साँझ ५ बजेसम्म दावी विरोध गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । भोली उम्मेदवारलाई नाम फिर्ताको समय दिइने छ भने अन्तिम नामावली प्रकाशन गरिनेछ । पर्सी नै आयोगले उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम छ । अन्तिम नामावलीमा परेका उम्मेदवारले बैसाख २८ गतेसम्म प्रचारप्रसारका लागि समय पाउनेछन् । पहिलो चरणमा निर्वाचन हुने २ सय ८३ मध्ये २ सय ७८ स्थानीय तहको उम्मेदवार दर्ताको सूची केन्द्रमा प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ । नुवाकोटका २, डोल्पा, जुम्ला र दैलेखका केही स्थानीय तहको दर्ता सूची प्राप्त नभएको आयोगका सुचना अधिकारी नारद गौतमले जानकारी दिनुभयो । सञ्चार सेवाको अभावमा सूची प्राप्त हुन नसकेको उहाँको भनाई छ । वैशाख ३१ चुनाव हुने तीन प्रदेशका ३४ जिल्लाका २८३ स्थानीय तहमा हिजो शान्तिपूर्ण तथा उत्साहजनक रुपमा उम्मेदवारी दर्ता भएको हो । पहिलो चरणमा चार महानगरपालिका, एक उपमहानगरपालिका ९२ नगरपालिका र १८६ गाउँपालिकामा चुनाव हुनेछ । पहिलो चरणको चुनावबाट ९७ प्रमुख र उपप्रमुख, १ सय ८६ अध्यक्ष र उपाध्यक्ष चयन हुने छन् । यस्तै दुई हजार ५९८ वडाध्यक्ष तथा यति नै संख्यामा महिला र दलित सदस्य निर्वा्चित हुने संवैधानिक प्रावधान छ ।   प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाको २८३ स्थानीय तहका लागि हुने चुनावमा ४९ लाख ५६ हजार ९२५ मतदाता रहेका छन् । यस्तै ६ हजार ६ सय ४२ मतदान केन्द्रमा मतदान हुनेछ ।
 

नँया बर्ष २०७४ आज बाट शुरु

उर्लाबारी बैशाख १ । विक्रम संवत २०७३  लाई बिदाइ गर्दै आज देखि नयाँ वर्ष २०७४ सुरु भएको छ । आपसमा शुभकामना आदानप्रदान, भेटघाट, खानपीन र रमाइलो गरेर नयाँ

पहिलो चरणको निर्वाचनका लागी आज मनोनयन दर्ता हुदै

डेस्क बैशाख १९ ।  पहिलो चरणको स्थानीय तह चुनावका लागि मंगलबार उम्मेद्वारको मनोनयन दुर्ता हुँदैछ । मनोनयन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म दर्ता

बैशाख ३१ गतेको निर्वाचनका लागी आज उम्मेद्वारको नामावली सार्वजनीक हुदै

डेस्क,बैशाख २१ निर्वाचन आयोगले पहिलो चरणको स्थानीय तह निर्वाचनका उम्मेदवारको नामावली आज प्रकाशन गर्ने भएको छ । आयोगले आज अहिले ११ बजेदेखि १ बजेसम्म

पहिलो चरणको निर्वाचन अनुगमनको जिम्मा तीन आयुक्तलाई

डेस्क बैशाख २३ ।  निर्वाचन आयोगले चारजना निर्वाचन आयुक्तलाई तीनवटा प्रदेशको चुनाव अनुगमनका लागी जिम्मेवारी प्रदान गरेकोे छ ।  स्थानीय चुनावका

  • नाम:
  • पद:
लेखकबाट

Nothing to Display