ad

विभिन्न घटनामा परी पुर्वमा ६ जनाको ज्यान गयो ।


उर्लाबारी जेठ १८ ।
सवारी दुर्घटना, पहिरो र चट्याङका कारण पुर्वका मोरङ उदयपुर,खोटाङ र सोलुखुम्बुमा ६ जनाको ज्यान गएको छ भने १ जना गम्भीर घाईते भएका छन । 
मोरङको सुन्दरहरैँचा नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान पिकअप गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।  बिहान ५ः३० बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ च ५४१४ नम्बरको पिकअप गाडीले ठक्कर दिँदा सोही ठाउँका ५० वर्षीय महेश चौधरीको मृत्यु भएको हो । पिकअपको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बिहान ६ः२५ बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङले जनाएको छ । ठक्कर दिने पिकअप र त्यसका चालकलाई प्रहरी चौकी, गछियाले नियन्त्रणमा लिएको छ । उदयपुरको लिम्चुङबुङ गाउवपालिकामा चट्याङ लागेर एक बलिकासहित तीन जनाको मृत्यु भएको छ उदयपुर प्रहरीले जानकारी दिएको छ । अर्का एक बालक गम्भीर घाइते भएका छन । चट्याङले लिम्चुङबुङ गाउँपालिका २ ताम्लिछा बस्ने ६३ वर्षीय धन प्रताप राई, सोही ठाउँ बस्ने  कृष्ण बहादुर भुजेलको ८ वर्षीया छोरी विष्णु माया भुजेल र सोही ठाउँ बस्ने खड्डु भुजेलको ११ वर्षीय छोरा कौशल भुजेलको मृत्यु भएको अस्थायी प्रहरी पोष्ट बराहाले जनाएको हो । त्यस्तै गम्भीर घाइते हुनेमा खड्डु भुजेलकै ६ वर्षीय छोरा रिजकु भुजेल रहेका छन । उनको गाईघाटमा उपचार भईरहेको छ । हिजो बेलुका साँझ करिब ५ बजेतिर उनीहरु सबै जना कृष्ण बहादुर भुजेलको घरको दलानमा बसीरहेको अवस्थामा चट्याङ खसेको थियो । धन प्रताप र विष्णुमायाको घटनास्थलमै तथा कौशल भुजेलको उपचारका क्रममा मृत्यु भएको अस्थायी प्रहरी पोष्टले जनाएको छ । यता,खोटाङको खोटेहाङ गाउँपालिकामा घरले किचेर एक महिलाको ज्यान गएको छ । हिजो साँझ  पानीसंगै चलेको हावाहुरीले खोटेहाङ गाउँपालिका–८ बर्रे बस्ने बिर्ख बहादुर विश्वकर्माको ढुङा माटोले बनेको घर भत्काउँदा घरभित्र बसेकी उनकी ६० वर्षीया पत्नी कालीमाया विश्वकर्माको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी सिम्पानीले जनाएको छ । यस्तै ,सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा पहिरोले स्काईभेटर पुरिंदा एक जनाको मृत्यु भएको छ । महाकुलुङ गाउँपालिका १ पात्लेस्थित बबर्दाे भीरमा महाकुलुङ–बुङ बजार जोड्ने कृषी सडक खन्न खटिएको बा. २ क ८०१७ नम्बरको स्काईभेटर माथीबाट खसेको पहिरोले पुरिंदा सोही सह–चालक सोलुखुम्बु नेचासल्यान गाउँपालिका ३ निवासी अन्दाजी २२ वर्षीय लोचन गौतमको मृत्यु भएको छ । 
 

नँया बर्ष २०७४ आज बाट शुरु

उर्लाबारी बैशाख १ । विक्रम संवत २०७३  लाई बिदाइ गर्दै आज देखि नयाँ वर्ष २०७४ सुरु भएको छ । आपसमा शुभकामना आदानप्रदान, भेटघाट, खानपीन र रमाइलो गरेर नयाँ

पहिलो चरणको निर्वाचनका लागी आज मनोनयन दर्ता हुदै

डेस्क बैशाख १९ ।  पहिलो चरणको स्थानीय तह चुनावका लागि मंगलबार उम्मेद्वारको मनोनयन दुर्ता हुँदैछ । मनोनयन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म दर्ता

हिजो मनोनित उम्मेद्वार माथि आज दावी बिरोध गर्न सकिने

डेस्क बैशाख २० ।      आगामी बैसाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचन अन्र्तगत हिजो मनोनयन दर्ता गरेका उम्मेदवार माथि आज दावी विरोधको समय

बैशाख ३१ गतेको निर्वाचनका लागी आज उम्मेद्वारको नामावली सार्वजनीक हुदै

डेस्क,बैशाख २१ निर्वाचन आयोगले पहिलो चरणको स्थानीय तह निर्वाचनका उम्मेदवारको नामावली आज प्रकाशन गर्ने भएको छ । आयोगले आज अहिले ११ बजेदेखि १ बजेसम्म