ad

श्रमिकको स्वास्थ्य विमा गरिने


उर्लाबारी, १७ जेठ ।
उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले निर्माण क्षेत्रमा कार्यरत श्रमिकहरुको स्वास्थ्य विमा गरिने बताउनुभएको छ । निर्माण क्षेत्रमा काम गर्नेक्रममा चोटपटक लाग्दा उपचारबाट बञ्चित हुन नदिन श्रमिकहरुको स्वास्थ्य विमा गरिने उहाँले बताउनुभयो ।
नगरपालिकाद्वारा सञ्चालित ‘भुकम्प प्रतिरोधी भवन निर्माणसम्बन्धी सात दिने तालिम’ समापन कार्यक्रममा बुधबार बोल्दै फागोले सो कुरा बताउनुभएको हो । नेपालमा लिएको निर्माणसम्बन्धी तालिमले अन्तर्राष्ट्रियस्तरमा समेत मान्यता पाउने उल्लेख गर्दै फागोले आफूले लिएको तालिमको सदुपयोग गर्न निर्माणकर्मीहरुलाई सुझाव दिनुभयो । निर्माणकर्मीहरुलाई जिम्मेवारीका साथ काम गर्न सुझाव दिँदै नगर प्रमुख फागोले आम जनमानसलाई सुरक्षित राख्न निर्माणकर्मीहरुको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । भुकम्पले मात्रै मानवीय क्षति नहुने तर मानव निर्मित संरचनाले धनजनको क्षति हुने भएकाले नगरपालिकाले भुकम्प प्रतिरोधी भवन निर्माणलाई प्राथमिकतामा राखेको फागोले बताउनुभयो । नगरपालिकाका प्रशासकीय अधिकृत रविन्द्रप्रसाद वस्तीले राम्रो संरचना निर्माणका लागि निर्माणकर्मीहरु जिम्मेवार बन्नुपर्ने धारणा राख्नुभयो । उर्लाबारीको भविष्य निर्माणमा निर्माणकर्मीहरुको भुमिका महत्वपूर्ण रहने वस्तीले बताउनुभयो ।
डाउण्ड हिल कन्ट्रक्शन एण्ड डिजानर्स प्रालिको सहयोगमा सञ्चालित सो तालिममा उर्लाबारी नगरक्षेत्रका ३२ जना निर्माणकर्मी (डकर्मी) हरुको सहभागिता रहेको नगरपालिकाको कार्यालयले जनाएको छ । तालिममा नगरपालिकाका इन्जिनियर गणेशबहादुर गुरुङ, सब इन्जिनियर सुरविर राना मगर, डाउण्ड हिल कन्ट्रक्शन एण्ड डिजानर्स प्रालिका प्राविधिक अर्जुन घिमिरेलगायतले सहजीकरण गर्नुभएको थियो ।
 
 

नँया बर्ष २०७४ आज बाट शुरु

उर्लाबारी बैशाख १ । विक्रम संवत २०७३  लाई बिदाइ गर्दै आज देखि नयाँ वर्ष २०७४ सुरु भएको छ । आपसमा शुभकामना आदानप्रदान, भेटघाट, खानपीन र रमाइलो गरेर नयाँ

पहिलो चरणको निर्वाचनका लागी आज मनोनयन दर्ता हुदै

डेस्क बैशाख १९ ।  पहिलो चरणको स्थानीय तह चुनावका लागि मंगलबार उम्मेद्वारको मनोनयन दुर्ता हुँदैछ । मनोनयन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म दर्ता

हिजो मनोनित उम्मेद्वार माथि आज दावी बिरोध गर्न सकिने

डेस्क बैशाख २० ।      आगामी बैसाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचन अन्र्तगत हिजो मनोनयन दर्ता गरेका उम्मेदवार माथि आज दावी विरोधको समय

बैशाख ३१ गतेको निर्वाचनका लागी आज उम्मेद्वारको नामावली सार्वजनीक हुदै

डेस्क,बैशाख २१ निर्वाचन आयोगले पहिलो चरणको स्थानीय तह निर्वाचनका उम्मेदवारको नामावली आज प्रकाशन गर्ने भएको छ । आयोगले आज अहिले ११ बजेदेखि १ बजेसम्म