ad

स्वास्थ्य क्षेत्रको प्रबद्र्धनका लागि प्रदेश सरकार कटिबद्ध ।


उर्लाबारी, १५ जेठ ।
प्रदेश–१ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले स्वास्थ्य क्षेत्रको प्रबद्र्धनका लागि प्रदेश सरकार कटिबद्ध रहेको बताउनुभएको छ । सर्वसाधारणको खानपिन र जीवनशैलीमा परिवर्तन ल्याउन जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो ।
मोरङको उर्लाबारी–५ स्कुलडाँडास्थित अरनिको अस्पतालको पाँचौ बार्षिकोत्सवलाई आज सम्बोधन गर्दै सामाजिक मन्त्री घिमिरेले सो कुरा बताउनुभएको हो । जनताको स्वास्थ्यमा सुधार ल्याउन खानपिनमा नियमन गर्न प्रदेश सरकारले तयारी थालेको घिमिरेले बताउनुभयो । खैनी, चुरोट र रक्सी सेवन घातक रोगको कारक रहेको बताउँदै घिमिरेले त्यसमा कसरी खाने, कहाँ खाने र कहिले खाने भनेर नियमन गरिने बताउनुभयो । शारिरीक व्यायाम शरिरको एउटा अङ्गको रुपमा स्थापित गर्नुपर्नेमा जोड दिँदै घिमिरेले शारिरक व्यायाम अपरिहार्य रहेको उहाँले बताउनुभयो । सोही कार्यक्रममा मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यले स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको अँहम भूमिका रहने उल्लेख गर्दैै जनस्वास्थ्यको सवालमा स्थानीय तह र प्रदेश सरकारको सहयोग आवश्यक पर्ने बताउनुभयो । अस्पतालका अध्यक्ष लोलिम पोमुको अध्यक्षतामा भएको सो कार्यक्रममा उर्लाबारी नगरपालिकाकी उपप्रमुख लक्ष्मीदेवी भण्डारी, उर्लाबरी उद्योग वाणिज्य संघका अध्यक्ष भरत भट्टराई, समाजसेवी जयधर्म आचार्य, टिकेन्द्र पोमु र अस्पतालका निर्देशक चिरञ्जीवी चुँडालले पनि बोल्नुभएको थियो । सोही अवसरमा स्थानीय ग्लोबल युथ क्लबको सहकार्यमा रक्तदान कार्यक्रम र स्वास्थ्य शिविर समेत सञ्चालन गरिएको थियो ।
 

नँया बर्ष २०७४ आज बाट शुरु

उर्लाबारी बैशाख १ । विक्रम संवत २०७३  लाई बिदाइ गर्दै आज देखि नयाँ वर्ष २०७४ सुरु भएको छ । आपसमा शुभकामना आदानप्रदान, भेटघाट, खानपीन र रमाइलो गरेर नयाँ

पहिलो चरणको निर्वाचनका लागी आज मनोनयन दर्ता हुदै

डेस्क बैशाख १९ ।  पहिलो चरणको स्थानीय तह चुनावका लागि मंगलबार उम्मेद्वारको मनोनयन दुर्ता हुँदैछ । मनोनयन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म दर्ता

हिजो मनोनित उम्मेद्वार माथि आज दावी बिरोध गर्न सकिने

डेस्क बैशाख २० ।      आगामी बैसाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचन अन्र्तगत हिजो मनोनयन दर्ता गरेका उम्मेदवार माथि आज दावी विरोधको समय

बैशाख ३१ गतेको निर्वाचनका लागी आज उम्मेद्वारको नामावली सार्वजनीक हुदै

डेस्क,बैशाख २१ निर्वाचन आयोगले पहिलो चरणको स्थानीय तह निर्वाचनका उम्मेदवारको नामावली आज प्रकाशन गर्ने भएको छ । आयोगले आज अहिले ११ बजेदेखि १ बजेसम्म