ad

कृषि क्षेत्रको प्रभावकारिताको अवलोकन


पथरीशनिश्चरे, ११ जेठ
     मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा कृषिका लागि योजना निर्माणमा सघाउ पुर्याउन नगरपालिकाको कृषि शाखाले अगुवा कृषक सहित जनप्रतिनिधिहरुलाई झापाको गौरादह नगरपालिका र कलम गाउँपालिकामा आज १ दिने अवलोकन भ्रमण गराएको छ ।
      नगर प्रमुख दिलीपकुमार राई, कृषि शाखाकी सावित्रा कार्की सहित नगरका अगुवा कृषक र जनप्रतिनिधिहरुको ३५ जनाको टोलीले गौरादह ५ स्कुलचौनमा रहेको महारानीझोडा साना किसान सहकारी संस्थाले कृषि क्षेत्रमा गरेको उल्लेख्य गतिविधिको अवलोकन गरेको हो ।
      सहकारीले १ सय २ परिवारको १ सय २० विगाहा जग्गा एकीकृत गरेर सहकारीमा रुपान्तरण गरी सामुहिक खेती गरिएको तथा विउविजन प्रशोधन केन्द्र खडा गरेर पूर्वमा भएको प्रभावकारी कामको अवलोकन भएको छ ।
      त्यस्तै, कमल गाउँपालिका ७ मा सीटीइभीटीमार्फत कृषि विषय अध्यापनरत सरस्वती माविको पनि अवलोकन गरिएको छ ।
      अवलोकनबाट आफ्नो नगरपालिकामा कृषि विकास योजनाका लागि महत्वपूर्ण जानकारी प्राप्त भई आफुहरुलाई उत्प्रेरित गरेको अवलोकनमा सहभागि नगर प्रमुख दिलीपकुमार राईले उल्लेख गर्नुभएको छ ।

नँया बर्ष २०७४ आज बाट शुरु

उर्लाबारी बैशाख १ । विक्रम संवत २०७३  लाई बिदाइ गर्दै आज देखि नयाँ वर्ष २०७४ सुरु भएको छ । आपसमा शुभकामना आदानप्रदान, भेटघाट, खानपीन र रमाइलो गरेर नयाँ

पहिलो चरणको निर्वाचनका लागी आज मनोनयन दर्ता हुदै

डेस्क बैशाख १९ ।  पहिलो चरणको स्थानीय तह चुनावका लागि मंगलबार उम्मेद्वारको मनोनयन दुर्ता हुँदैछ । मनोनयन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म दर्ता

हिजो मनोनित उम्मेद्वार माथि आज दावी बिरोध गर्न सकिने

डेस्क बैशाख २० ।      आगामी बैसाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचन अन्र्तगत हिजो मनोनयन दर्ता गरेका उम्मेदवार माथि आज दावी विरोधको समय

बैशाख ३१ गतेको निर्वाचनका लागी आज उम्मेद्वारको नामावली सार्वजनीक हुदै

डेस्क,बैशाख २१ निर्वाचन आयोगले पहिलो चरणको स्थानीय तह निर्वाचनका उम्मेदवारको नामावली आज प्रकाशन गर्ने भएको छ । आयोगले आज अहिले ११ बजेदेखि १ बजेसम्म