ad

श्रमिकको ज्याला निर्धारण गर्ने नगर प्रमुख फागोको प्रतिबद्धता


उर्लाबारी÷मोरङको उर्लाबारी नगरपालिकामा भुकम्पप्रतिरोधी घर निर्माण गर्ने उद्देश्यले निर्माणकर्मीहरुका लागि भुकम्प प्रतिरोधी भवन निर्माणसम्बन्धी छ दिने तालिम शुक्रबारदेखि सुरु भएको छ । 
उर्लाबारी नगरपालिकाको आयोजनामा उर्लाबारी–४ स्थित उर्लाबारी बहुमूखी क्याम्पसमा सो तालिम सुरु भएको हो ।  तालिमको उद्घाटन नगर प्रमुख खड्ग फागोले गरेका छन् । 
नगर प्रमुख फागोले निर्माण क्षेत्रमा कार्यरत श्रमिकहरुको ज्याला निर्धारण गर्ने बताए । सम्बन्धित क्षेत्रका सबैसँग छलफल गरेर श्रमिकहरुको ज्याला निर्धारण गर्ने उनले बताए । उर्लाबारीको विकास निर्माणका लागि निर्माणकर्मीहरुको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै फागोले मापदण्डअनुसारको काममा सहयोग पुर्याउन निर्माणकर्मीहरुसँग आग्रह गरे । नगर क्षेत्रको विकासका लागि काम गर्ने क्रममा विगतमा अपवाह फैल्याइएको उल्लेख गर्दै फागोले आफूविरुद्ध भ्रम उत्पन्न गराइएमा त्यसलाई चिरेर अगाडि बढ्ने बताए । राम्रो कामलाई समेत असहयोग गर्ने परिपाटीका कारण देश पछाडि परेको राय व्यक्त गर्दै फागोले नेपालमा प्रशस्त मात्रामा जलश्रोत, जटिबुटी, सुनखानी, तामाखानी रहेको र त्यसलाई सदुपयोग गर्न सके राष्ट्र सम्पन्न हुने धारणा राखे ।
डाउण्ड हिल कन्ट्रक्शन एण्ड डिजानर्स प्रालिको सहयोगमा सञ्चालित सो तालिममा उर्लाबारी नगरक्षेत्रका ३६ जना निर्माणकर्मी (डकर्मी) हरुको सहभागिता रहेको छ । तालिममा नगरपालिकाका इन्जिनियर गणेशबहादुर गुरुङ, सब इन्जिनियर सुरविर राना मगर, डाउण्ड हिल कन्ट्रक्शन एण्ड डिजानर्स प्रालिका प्राविधिक अर्जुन घिमिरेलगायतले सहजीकरण गर्ने नगरपालिकाले जनाएको छ ।

नँया बर्ष २०७४ आज बाट शुरु

उर्लाबारी बैशाख १ । विक्रम संवत २०७३  लाई बिदाइ गर्दै आज देखि नयाँ वर्ष २०७४ सुरु भएको छ । आपसमा शुभकामना आदानप्रदान, भेटघाट, खानपीन र रमाइलो गरेर नयाँ

पहिलो चरणको निर्वाचनका लागी आज मनोनयन दर्ता हुदै

डेस्क बैशाख १९ ।  पहिलो चरणको स्थानीय तह चुनावका लागि मंगलबार उम्मेद्वारको मनोनयन दुर्ता हुँदैछ । मनोनयन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म दर्ता

हिजो मनोनित उम्मेद्वार माथि आज दावी बिरोध गर्न सकिने

डेस्क बैशाख २० ।      आगामी बैसाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचन अन्र्तगत हिजो मनोनयन दर्ता गरेका उम्मेदवार माथि आज दावी विरोधको समय

बैशाख ३१ गतेको निर्वाचनका लागी आज उम्मेद्वारको नामावली सार्वजनीक हुदै

डेस्क,बैशाख २१ निर्वाचन आयोगले पहिलो चरणको स्थानीय तह निर्वाचनका उम्मेदवारको नामावली आज प्रकाशन गर्ने भएको छ । आयोगले आज अहिले ११ बजेदेखि १ बजेसम्म