ad

माला बनाउने तालिम सुरु ।


उर्लाबारी, ७ जेठ ।
मोरङको उर्लाबारी नगरपालिका वडा नं.६ स्थित महारुद्र सिवालय मन्दिरमा आजदेखि छ दिने माला बनाउने तालिम सुरु भएको छ । महिलाहरुलाई सीप सिकाई स्वरोजर प्रदान गर्ने उद्देश्यले उर्लाबारी नगरपालिकाद्वारा सो तालिम आयोजना गरिएको हो ।
नगर प्रमुख खड्ग फागोले एक कार्यक्रमका बीच सो तालिम उदुघाटन गर्नुभयो । उदुघाटन कार्यक्रममा बोल्दै नगर प्रमुख फागोले तालिममा सिकेका सीप र ज्ञानलाई सदुपयोग गर्न सुझाव दिँदै स्तरीय माला बनाउन सके बजारीकरण गर्न सजिलो पर्ने बताउनुभयो । सीप सिकेर स्वाबलम्बी हुनुपर्नेमा जोड दिँदै फागोले स्तरीय मालाको देशभरबाट माग आउने बताउनुभयो । महिलाहरुको आयआर्जनका लागि सहकारी संस्थाहरुले न्युनतम ब्याजदरमा कर्जा प्रवाह गर्ने नीति बनाउन आवश्यक रहेको उल्लेख गर्दै फागोले महिलाहरुको सीप र क्षमता अभिबृद्धिका लागि नगरपालिका कटिबद्ध रहेको बताउनुभयो । दलगत स्वार्थ भन्दा माथि उठेर नगरको समग्र विकासका लागि सबै जनता एकजुट हुन आवश्यक रहेको उल्लेख गर्र्दै फागोले झूठो तरिकाले कसैले पनि राजनीति गर्न नहुने बताउनुभयो । उर्लाबारीको भविष्य निर्माणमा नगरपालिका लागिरहेको बताउँदै फागोले जनताको अमुल्य मतलाई कुठराघात नगर्ने स्पष्ट पार्नुभयो ।
वडा नं.६ का वडाध्यक्ष चिन्तामणी पौडेलले यस किसिमको तालिमले महिलाहरुलाई स्वरोजगर प्रदान गर्ने बिचार व्यक्त गर्नुभयो । तालिममा विवाह र व्रतवन्धमा आवश्यक पर्ने माला बनाउन सीप सिकाइने सहजकर्ता इन्दिरा पौडेलले बताउनुभयो । यस किसिमको मालाको बजार मुल्य न्युनतम पाँच सयदेखि अधिकतम तीन हजार रुपैयाँ पर्ने सहजकर्ता पौडेलले जानकारी दिनुभयो । स्थानीय लक्ष्मी महिला समूहकी अध्यक्ष कमला ढुङ्गानाको अध्यक्षतामा तालिम उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । तालिममा १८ जना महिलाको सहभागिता रहेको अध्यक्ष ढुङ्गानाले जानकारी दिनुभयो ।


 

अवहेलना मुद्धामा देउवालाई कारण देखाउ आदेश जारी

काठमाडौ चैत २४ ।  अदालतको अवहेलना मुद्दामा सर्वाेच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नाममा कारण देखाउ आदेश जारी गरेको छ

निर्णायक भनिएको बैठक बस्दै नबसी स्थगित

काठमाडौ चैत २८ ।  मधेशी मोर्चाका नेताहरु अन्तिम समयमा काठमाडौं बाहिर गएपछि निर्णायक भनिएको सत्तारुढ दलसँगको वार्ता स्थगित भएको छ

गृहमन्त्रीको राजीनामा माग

काठमाडौ  चैत २८ ।  एमाले लगायत दलका सांसदले उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजीनामा मागेका छन्

नेपालको संविधान दोश्रो संशोधन विधेयक फिर्ता

काठमाडौ चैत २९ ।  सरकारले ब्यवस्थापिका संसदमा बिचाराधीन नेपालको संविधान दोस्रो संशोधन विधेयक फिर्ता लिएको छ ।  मधेसी मोर्चाको माग सम्बोधनका लागि

  • नाम:
  • पद:
लेखकबाट

Nothing to Display