ad

पहिलो चरणको निर्वाचनका लागी आज मनोनयन दर्ता हुदै

डेस्क बैशाख १९ । 
पहिलो चरणको स्थानीय तह चुनावका लागि मंगलबार उम्मेद्वारको मनोनयन दुर्ता हुँदैछ । मनोनयन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म दर्ता गर्नु पर्ने निर्वाचन आयोगले जनाएको छ ।
 आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय, गाउँपालिका वा नगरपालिका केन्द्रमा मनोनयनपत्र दर्ता गर्न सकिनेछ । मनोनयनका लागि सबै तयारी पूरा भइसकेकाले ढुक्क भएर दर्ता गर्न आयोगका प्रवक्ता शर्माको आग्रह छ । मनोनयन दर्ता गर्दा लामो प्रक्रिया हुने भएकाले समयमा नै गर्न पनि उहाँको सुझाव छ । प्रदेश नम्बर ३, ४ र ६ अन्तर्गतका ३४ जिल्लाका दुई सय ८३ स्थानीय तहमा यही वैशाख ३१ गते पहिलो चरणको चुनाव हुँदैछ र यहि चुनावका लागि मंगलबार उम्मेदवारी दर्ता गर्नु पर्ने आयोगले जनाएको हो  । मनोनयन दर्ताका लागि उम्मेद्वारले नेपाली नागरिकताको प्रतिलिपी, सम्बन्धित वडा वा स्थानीय तहको मतदात नामावलीमा नाम समावेश भएको निस्सा, धरौटी तिरेको रसिद, प्रस्तावक र समर्थकको हस्ताक्षार, राजनीतिक दलको भए पार्टीको आधिकारिक छाप लगायत अनिवार्य लैजानु पर्छ ।

धरौटीका लागि वडा सदस्यले ५ सय रुपैयाँ, वडा अध्यक्षले एक हजार रुपैयाँ र गाउँपालिका तथा नगरपालिको प्रमुखरउपप्रमुख तथा मेयररउपमेयरले १५ सय रुपैयाँ बुझाउनु पर्छ । यस्तै पहिलो चरणको निर्वाचन कार्यतालिका अनुसार आयोगले मंगलबार बेलुका साढे ५ बजेतिर मनोनयन पत्र दर्ता भएका उम्मेद्वारको सूचि प्रकाशन गर्नेछ । दर्ता भएका उम्मेद्वारको बारे कुनै गुनासो भए बुधबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिनेछ । त्यही दिन निर्वाचन अधिकृतको कार्यालयले मनोनयन पत्र जाँच गर्ने कार्य तालिका छ । यस्तै बिहीबार निर्वाचन अधिकृतको कार्यालयले मनोनयन भएका उम्मेद्वारको नामावली प्रकाशन गर्नछ । नाम फिर्ता लिन चाहने उम्मेद्वारले बिहीबार दिउँसो १ बजेदेखि बेलुका ५ बजेसम्म नाम फिर्ता गर्न सक्नेछन् । यहि वैशाख ३१ गते हुने चुनावका लागि २२ गते उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिह्न प्रदान गर्ने निर्वाचन आयोगले जनाएको छ ।
 

नँया बर्ष २०७४ आज बाट शुरु

उर्लाबारी बैशाख १ । विक्रम संवत २०७३  लाई बिदाइ गर्दै आज देखि नयाँ वर्ष २०७४ सुरु भएको छ । आपसमा शुभकामना आदानप्रदान, भेटघाट, खानपीन र रमाइलो गरेर नयाँ

हिजो मनोनित उम्मेद्वार माथि आज दावी बिरोध गर्न सकिने

डेस्क बैशाख २० ।      आगामी बैसाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचन अन्र्तगत हिजो मनोनयन दर्ता गरेका उम्मेदवार माथि आज दावी विरोधको समय

बैशाख ३१ गतेको निर्वाचनका लागी आज उम्मेद्वारको नामावली सार्वजनीक हुदै

डेस्क,बैशाख २१ निर्वाचन आयोगले पहिलो चरणको स्थानीय तह निर्वाचनका उम्मेदवारको नामावली आज प्रकाशन गर्ने भएको छ । आयोगले आज अहिले ११ बजेदेखि १ बजेसम्म

पहिलो चरणको निर्वाचन अनुगमनको जिम्मा तीन आयुक्तलाई

डेस्क बैशाख २३ ।  निर्वाचन आयोगले चारजना निर्वाचन आयुक्तलाई तीनवटा प्रदेशको चुनाव अनुगमनका लागी जिम्मेवारी प्रदान गरेकोे छ ।  स्थानीय चुनावका