ad

लाटी खोला कल्भर्टको पनि उद्घाटन् /


पथरी शनिश्चरे, १ जेठ
      स्थानीय सरकारको अधिकार आएपछि मोरङको पथरीशनिश्चरे नगरमा विकास निर्माणका योजनाहरु प्रसस्त सञ्चालन भइ सम्पन्न हुने क्रमको दौडधुपमा रहेको बेला वडा नम्वर २ स्थित लाटी खोला कल्भर्ट पनि निर्माण सम्पन्न भएको छ ।        आज एक कार्यक्रमकाबीच नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरे, वडाध्यक्ष यामप्रसाद गुरागाईं सहितले कल्भर्टको उद्घाटन् गर्नुभयो ।        स्थानीय उपभोक्ताहरु आफैंले निर्माण सामग्री बोक्दै चुस्त रुपमा निर्माण कार्यमा सक्रिय सहभागिताको नमूना प्रदर्शन भएको सो कल्भर्ट १२ लाख १ हजार ७ सय ५० रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो ।        जसमा नगरपालिकाको १० लाख, उपभोक्ता एवम् बाटोका जग्गाधनीबाट १ लाख ५१ हजार ७ सय ५० , चौतारी र सुन्दर सामुदायिक वन उपभोक्ता समूहबाट २५,२५ हजार रुपैयाँ जुटाएर काम सम्पन्न भएको निर्माण उपभोक्ता समिति अध्यक्ष खिलनाथ घिमिरेले वताउनु भयो ।        कल्भर्ट निर्माण भएपनि त्यहाँको बाटोलाई व्यवस्थित गर्न आवश्यक रहेकाले सवै पक्षको सहकार्यमा बाटो व्यवस्थित गर्ने अभियान सञ्चालन गरिने घिमिरेले उल्लेख गर्नुभयो ।
 

पुर्वमा आज भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु,आधा दर्जन घाईते

उर्लाबारी चैत २४ ।                      सुनसरीको हरिनगरा गाउँपालिका–१ मा आज ट्याक्टरको ठक्करबाट एक बालिकाकोे मृत्यु भएको छ ।   मृत्यु

विश्व स्वास्थ्य दिवस,डिप्रेशनबारे खुलेर कुरा गरौ

डेस्क चैत २५ । विश्व स्वास्थ्य दिवस, आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । यस वर्षको दिवसलाई मानसिक स्वास्थ्यमा केन्द्रीत गरिएको छ । मानसिक

गुण्डा नाईके लामा माथी गोली प्रहार

काठमाडौ चैत २९ ।  प्रहरीले गुन्डा नाईने भन्दै मोस्ट वान्टेड सुचिमा राखेका दावा लामामाथी काठमाण्डौमा गोली प्रहार भएको छ ।  गौरी घाटको दिव्यश्वरी

नो हर्न प्लिज ।

काठमाडौ बैशाख १ । सरकारले आजदेखि लागु हुने गरि काठमाडौं उपत्यकामा आकस्मिक बाहेकको अवस्थामा सवारी हर्न निषेध गरेको छ ।  अनावश्यक हर्न निषेधित

  • नाम:
  • पद:
लेखकबाट

Nothing to Display