ad

घातक रोगसम्बन्धी स्वास्थ्य शिविर


रूपेन्द्र शेर्मा
उर्लाबारी / मोरङको उर्लाबारी–५ घर भई अमेरिकामा प्राध्यापन पेशा गर्दै आएका डा.चुडामणी खनालको प्रत्यक्ष सहयोग र सल्लाहमा स्थापित पल्मोनरी हाइपरटेन्सन एसोसिएसन नेपालले शनिबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । 
उर्लाबारी–३ स्थित मंगलबारे अस्पतालमा भएको स्वास्थ्य शिविरमा मुटु तथा फोक्सोसम्बन्धी तीन सयजनाको स्वास्थ्य परिक्षण गरिएको एसोसिएसनकी अध्यक्ष सम्झना खनालले जानकारी दिइन् । विराटनगरका वरिष्ठ मुटु तथा फोक्सो रोग विशेषज्ञ डा.शंकरप्रसाद अधिकारी र झापा बिर्तामोडका डा.सिपि यादवले सेवा पुर्याएको सो स्वास्थ्य शिविरमा मोरङ, झापा र सुनसरीबाट स्वास्थ्य परीक्षणका लागि आएका थिए । शिविरमा मंगलबारे अस्पतालका चिकित्सकसहितका स्वास्थ्यकर्मीहरुले समेत सहयोग गरेका थिए । 
पन्ध्र बर्षअघि अमेरिका गएका डा. खनालले आफू ३६ बर्ष उमेर पुगेपछि मात्र फोक्सो तथा मुटुसम्बन्धी दुर्लभ रोग पल्मोनरी हाइपरटेन्सन भएको थाह पाएका थिए । हाल उनी ४४ बर्षका भए । अमेरिकाको फ्लोरिडा इन्टरनेशनल युनिभरसिटीमा प्राध्यापनरत डा. खनालले आफू जस्तै अरुले दुःख नपाउन् भनी जनचेतना अभिबृद्धि गर्ने उद्देश्यले सो स्वास्थ्य शिविर आयोजना गरिएको बताए । फोक्सोको नशा खुम्चिने र बिस्तारै मुटुलाई निष्क्रिय बनाउँदै जाने पल्मोनरी हाइपरटेन्सन रोग एकदमै पीडादायी र घातक भएको उनले बताए ।
मंगलबारे अस्पतालको हाताभित्र आयोजना गरिएको शिविरमा पथरी लायन्स क्लबले प्रचार प्रसार र व्यवस्थापनसम्बन्धी सहयोग गरेको थियो । शिविरमा निःशुल्क औषधि समेत बितरण गरिएको एसोसिएसनकी महासचिव निलम अग्रवालले जानकारी दिइन् ।
 

पुर्वमा आज भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु,आधा दर्जन घाईते

उर्लाबारी चैत २४ ।                      सुनसरीको हरिनगरा गाउँपालिका–१ मा आज ट्याक्टरको ठक्करबाट एक बालिकाकोे मृत्यु भएको छ ।   मृत्यु

विश्व स्वास्थ्य दिवस,डिप्रेशनबारे खुलेर कुरा गरौ

डेस्क चैत २५ । विश्व स्वास्थ्य दिवस, आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । यस वर्षको दिवसलाई मानसिक स्वास्थ्यमा केन्द्रीत गरिएको छ । मानसिक

गुण्डा नाईके लामा माथी गोली प्रहार

काठमाडौ चैत २९ ।  प्रहरीले गुन्डा नाईने भन्दै मोस्ट वान्टेड सुचिमा राखेका दावा लामामाथी काठमाण्डौमा गोली प्रहार भएको छ ।  गौरी घाटको दिव्यश्वरी

नो हर्न प्लिज ।

काठमाडौ बैशाख १ । सरकारले आजदेखि लागु हुने गरि काठमाडौं उपत्यकामा आकस्मिक बाहेकको अवस्थामा सवारी हर्न निषेध गरेको छ ।  अनावश्यक हर्न निषेधित