ad

विप्लव बन्दको आंशीक प्रभाव ।


दमक बैशाख ३० ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भारतसंग सरकारले गरेको अरुण तेस्रो जल विद्युत परियोजना सम्झौता र  शिलान्यासको विरोधमा आज आव्हान गरेको नेपाल बन्दका कारण झापामा आशिंक प्रभाव परेको छ ।
 बन्दकर्ताहरु ठूलो संख्यामा राजमार्गमा नदेखिएपनि आज विहानै झापाको सितापुरीमा लुकेर बसेका बन्दकर्ताहरुले गुडिरहेको एउटा बस र ट्रकमा ढुङ्गा प्रहार गर्दा सामान्य क्षति पुगेको छ । सो पार्टीका एक जना जिल्लास्तरीय नेताका अनुसार बन्दकर्ताहरुले पूर्वपश्चीम राजमार्ग आसपास बुटटबारी र सुरुङ्गामा आज बिहानै सुत्ली बम विस्फोट गराएका छन् । विस्फोटबाट कुनै क्षति भएको छैन ।  बन्दकर्ताहरुले ठाउँ ठाउँमा बाटो भने अबरोध गरेपछि यातायात सञ्चालनमा बाधा भएको छ । कन्काई पूलमा पनि बन्दकर्ताहरुले अबरोध राखेको बताइएको छ । प्रहरीले भने केहि अवरोधका बाबजुदबिच सुरक्षा व्यवस्था मिलाएर यातायात तथा बजार नियमित खोल्ने प्रयास गरिएको जनाएको छ । यसैबीच बन्दका कारण आजदेखि शुरु भएको बीबीएस चौथो बर्षका परीक्षार्थी विद्यार्थीहरु र कक्षा ११ का परीक्षार्थीहरु समस्यामा परेका छन् । क्याम्पसहरुमा सुरक्षा व्यवस्था मिलाएर परीक्षा सञ्चालन गर्ने तयारी भएपनि परीक्षाका लागि सार्वजनिक यातायाता प्रयोग गरेर जाने आउने विद्यार्थीलाई समस्या भएको हो ।
 

पुर्वमा आज भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु,आधा दर्जन घाईते

उर्लाबारी चैत २४ ।                      सुनसरीको हरिनगरा गाउँपालिका–१ मा आज ट्याक्टरको ठक्करबाट एक बालिकाकोे मृत्यु भएको छ ।   मृत्यु

विश्व स्वास्थ्य दिवस,डिप्रेशनबारे खुलेर कुरा गरौ

डेस्क चैत २५ । विश्व स्वास्थ्य दिवस, आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । यस वर्षको दिवसलाई मानसिक स्वास्थ्यमा केन्द्रीत गरिएको छ । मानसिक

गुण्डा नाईके लामा माथी गोली प्रहार

काठमाडौ चैत २९ ।  प्रहरीले गुन्डा नाईने भन्दै मोस्ट वान्टेड सुचिमा राखेका दावा लामामाथी काठमाण्डौमा गोली प्रहार भएको छ ।  गौरी घाटको दिव्यश्वरी

नो हर्न प्लिज ।

काठमाडौ बैशाख १ । सरकारले आजदेखि लागु हुने गरि काठमाडौं उपत्यकामा आकस्मिक बाहेकको अवस्थामा सवारी हर्न निषेध गरेको छ ।  अनावश्यक हर्न निषेधित

  • नाम:
  • पद:
लेखकबाट

Nothing to Display