ad

‘जनजातिको अधिकार सुनिश्चित गर’


उर्लाबारी बैशाख २९ ÷
आदिवासी जनजातिको हकअधिकारलाई सुनिश्चित गर्ने कानुन र नियम निर्माण गर्न सरोकारवालाहरुले स्थानीय सरकारलाई सुझाव दिएका छन् । मोरङको  उर्लाबारी–४ सिसौलीस्थित रोयल हेरिटेज रिसोर्टमा शनिबार आयोजित ‘आदिवासी जनजाति बिषयक एकदिने कार्यशाला गोष्ठी’ मा सरोकारवालाहरुले यस्तो सुझाव दिएका हुन् । 
गोष्ठिमा अन्तर्राष्ट्रिय कानुनविद शंकर लिम्बुले आदिवासी जनजातिका हकहितमा कानुन निर्माण गरी स्थानीय सरकारले समावेसीको सिद्धान्तलाई आत्मसात गर्नुपर्नेमा जोड दिए । उनले आदिवासी जनजातिको संस्कार र संस्कृति संरक्षणका लागि आवश्यक कानुन निर्माण गरी बजेट समेत विनियोजन गर्न सुझाव दिए ।
धिमाल जाती विकास केन्द्रका महासचिव केदार धिमालले आदिवासी जनजातिको अवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गर्दै आदिवासी जनजातिको हकअधिकारको बारेमा संविधानमा उल्लेख भएपनि त्यसलाई कार्यान्वयन नगरिएको गुनासो गरे ।
नेपाल आदिवासी जनजाति महासंघ प्रदेश–३ का सचिव काजिमान थिङले आदिवासी जनजातिको आन्दोलनले विगतको अलोकतान्त्रिक शासनको स्वरुप र व्यवस्थालाई केही परिवर्तन गर्न सफल भएपनि त्यो पूर्ण रुपमा लागू नभएको बताए । पथरीशनिश्चरे नगरपालिकाको सहयोगमा नेपाल आदिवासी जनजाति पथरी शनिश्चरे नगर समन्वय समितिद्वारा सो गोष्ठि आयोजना गरिएको हो । 
 

पुर्वमा आज भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु,आधा दर्जन घाईते

उर्लाबारी चैत २४ ।                      सुनसरीको हरिनगरा गाउँपालिका–१ मा आज ट्याक्टरको ठक्करबाट एक बालिकाकोे मृत्यु भएको छ ।   मृत्यु

विश्व स्वास्थ्य दिवस,डिप्रेशनबारे खुलेर कुरा गरौ

डेस्क चैत २५ । विश्व स्वास्थ्य दिवस, आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । यस वर्षको दिवसलाई मानसिक स्वास्थ्यमा केन्द्रीत गरिएको छ । मानसिक

गुण्डा नाईके लामा माथी गोली प्रहार

काठमाडौ चैत २९ ।  प्रहरीले गुन्डा नाईने भन्दै मोस्ट वान्टेड सुचिमा राखेका दावा लामामाथी काठमाण्डौमा गोली प्रहार भएको छ ।  गौरी घाटको दिव्यश्वरी

नो हर्न प्लिज ।

काठमाडौ बैशाख १ । सरकारले आजदेखि लागु हुने गरि काठमाडौं उपत्यकामा आकस्मिक बाहेकको अवस्थामा सवारी हर्न निषेध गरेको छ ।  अनावश्यक हर्न निषेधित