ad

नगरपालिका अव्यवस्थित हुन दिन्न–फागो



 उर्लाबारी बैशाख २८ ÷ उर्लाबारी नगपालिकाका मेयर खड्ग फागोले निश्पक्ष तरिकाले जनताको सेवा गर्नु आफ्नो कर्तब्य भएको बताएका छन् । प्रचलित ऐन र नियमभित्र रहेर जनतालाई सेवा दिनु आफू तत्पर रहेको उनले बताए । कसैले दङ्ग्याएको र घुक्र्याएको भरमा नगरपालिकालाई अव्यवस्थित हुन नदिने उनले  स्पष्ट पारे ।
      उर्लाबारी–७ स्कुलडाँडास्थित राधिका माविमा भएको ‘सार्वजनिक सुनुवाई कार्यक्रम’ मा बोल्दै मेयर फागोले सो कुरा बताएका हुन् । विकास भनेको बहुआयामिक परिभाषा भएको बताउँदै मेयर फागोले सडक, शिक्षा, कृषि, पशुपालन, पर्यावरणलगायतका क्षेत्रको विकासमा नगरपालिकाले ध्यान दिइरहको जानकारी दिए ।
    कार्यक्रममा सहभागीहरुको जवाफ दिँदै मेयर फागोले सोल्टी र मिक्लु खोलाको गिट्टी र बालुवाको सम्बन्धमा प्रतिशोधपूर्ण तरिकाले अफावह फैल्याइएको आरोप लगाए । उनले नियम र कानुन अनुसार नै सोल्टी र मिक्लु खोलाको गिट्टी र बालुवा व्यवस्थापन गरिएको दोहोर्याए । आफू मेयर भएपछि उपभोक्तासँगको साझेदारीमा नगरपालिकाभित्र १६ वटा सडकखण्डमा कालोपत्रे गरिएको जानकारी दिँदै फागोले भविष्यमा नियमसँगत तरिकाले पूर्व–पश्चिम राजमार्गको ८२ फिट किल्यर गरिने बताए । 
    नगरपालिकाकी उपमेयर लक्ष्मी भण्डारीले नगरपालिकामा आएको मुद्दामामिलालाई न्यायसँगत तरिकाले किनारा लगाइएको बताइन् ।  कार्यक्रममा वडा नं.१ का वडाध्यक्ष मचिन्द्र कार्र्की, वडा नं.४ का वडाध्यक्ष लक्ष्मी धिमाल, वडा नं.५ का वडाध्यक्ष भानुभक्त शर्मा पराजुली, वडा नं.६ का वडाध्यक्ष चिन्तामणी पौड्याल, वडा नं.७ का वडाध्यक्ष विरवल थापा, वडा नं.८ का वडाध्यक्ष कुलबहादुर कार्कीलगायतले पनि सहभागीको बिभिन्न प्रश्नहरुको जवाफ दिएका थिए । कार्यक्रममा सहभागीले सडक, शिक्षा, नदी, ढल निकास, विधुतलगायतको बिषयमा प्रश्न गरेका थिए । नगरपालिकाको प्रशासकीय अधिकृत रविन्द्र वस्ती, उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष भरत भट्टराई, इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी नायब निरीक्षक प्रकाश पराजुलीलगायतले पनि सहभागीको प्रश्नको जवाफ दिएका थिए ।

नँया बर्ष २०७४ आज बाट शुरु

उर्लाबारी बैशाख १ । विक्रम संवत २०७३  लाई बिदाइ गर्दै आज देखि नयाँ वर्ष २०७४ सुरु भएको छ । आपसमा शुभकामना आदानप्रदान, भेटघाट, खानपीन र रमाइलो गरेर नयाँ

पहिलो चरणको निर्वाचनका लागी आज मनोनयन दर्ता हुदै

डेस्क बैशाख १९ ।  पहिलो चरणको स्थानीय तह चुनावका लागि मंगलबार उम्मेद्वारको मनोनयन दुर्ता हुँदैछ । मनोनयन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म दर्ता

हिजो मनोनित उम्मेद्वार माथि आज दावी बिरोध गर्न सकिने

डेस्क बैशाख २० ।      आगामी बैसाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचन अन्र्तगत हिजो मनोनयन दर्ता गरेका उम्मेदवार माथि आज दावी विरोधको समय

बैशाख ३१ गतेको निर्वाचनका लागी आज उम्मेद्वारको नामावली सार्वजनीक हुदै

डेस्क,बैशाख २१ निर्वाचन आयोगले पहिलो चरणको स्थानीय तह निर्वाचनका उम्मेदवारको नामावली आज प्रकाशन गर्ने भएको छ । आयोगले आज अहिले ११ बजेदेखि १ बजेसम्म

  • नाम:
  • पद:
लेखकबाट

Nothing to Display