ad

सडक व्यवस्थित बनाउने अभियान शुरु ।


पथरी, २५ वैशाख
      पूर्वको विकासको गतिमा सक्रिय मोरङको पथरीशनिश्चरेस्थित पथरी वजारको सडक क्षेत्रलाई व्यवस्थित गर्ने अभियान आजबाट सुरु भएको छ । 
      पथरी शनिश्चरे नगरपालिकाको अगुवाईमा पथरी उद्योग वाणिज्य संघ, इलाका प्रहरी कार्यालयका साथै स्थानीयवासीहरुको सहकार्यमा मुख्य सडक क्षेत्रमा निर्माण भएका पसल, टहरा, निर्माण सामग्री सहित विभिन्न सामग्री हटाउने काम थालिएको हो । सो अभियानमा नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा विभिन्न वडाका वडाध्यक्ष, वडा सदस्य, नगरपालिका कर्मचारी, सुरक्षाकर्मी सहितले सडकको दुवैतर्फ ८२÷८२ फिट सडक क्षेत्र नापजाँच गरेर सो भाग खाली गर्ने काम भएको हो । जसमा पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक वस्नेत सहितका संघका पदाधिकारी एवम् व्यवसायीहरुको सहभागिता रहेको छ । स्काभेटरको समेत सहयोगमा पथरी खोलाबाट थालिएको अभियान पूर्वपश्चिम मुख्य सडकको उत्तरी क्षेत्रमा आज सम्पन्न भएको छ ।       भोली दक्षिणी क्षेत्रको सडक खाली गरिने उपप्रमुख वास्तोलाले जनाउनु भयो ।       उहाँले सो क्षेत्रलाई सम्याउँदै सडकको सीमाक्षेत्रमा ड्ेन निर्माणको योजना अघि सारिने उल्लेख गर्दै नगरको मुख्यचोकको सुन्दरता कायम गर्न सवैको सधैंको सक्रिय सहकार्यका लागि आव्हान गर्नुभएको छ ।

नँया बर्ष २०७४ आज बाट शुरु

उर्लाबारी बैशाख १ । विक्रम संवत २०७३  लाई बिदाइ गर्दै आज देखि नयाँ वर्ष २०७४ सुरु भएको छ । आपसमा शुभकामना आदानप्रदान, भेटघाट, खानपीन र रमाइलो गरेर नयाँ

पहिलो चरणको निर्वाचनका लागी आज मनोनयन दर्ता हुदै

डेस्क बैशाख १९ ।  पहिलो चरणको स्थानीय तह चुनावका लागि मंगलबार उम्मेद्वारको मनोनयन दुर्ता हुँदैछ । मनोनयन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म दर्ता

हिजो मनोनित उम्मेद्वार माथि आज दावी बिरोध गर्न सकिने

डेस्क बैशाख २० ।      आगामी बैसाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचन अन्र्तगत हिजो मनोनयन दर्ता गरेका उम्मेदवार माथि आज दावी विरोधको समय

बैशाख ३१ गतेको निर्वाचनका लागी आज उम्मेद्वारको नामावली सार्वजनीक हुदै

डेस्क,बैशाख २१ निर्वाचन आयोगले पहिलो चरणको स्थानीय तह निर्वाचनका उम्मेदवारको नामावली आज प्रकाशन गर्ने भएको छ । आयोगले आज अहिले ११ बजेदेखि १ बजेसम्म

  • नाम:
  • पद:
लेखकबाट

Nothing to Display