ad

बिपन्न विद्यार्थीलाई आर्थीक सहयोग ।


दमक बैशाख २५ ।
झापाको दमक ५ स्थित मेची सेकेण्डरी बोर्डिङ स्कूलमा कक्षा १० मा अध्ययनरत एक विपन्न तथा जेहेन्दार विद्यार्थीलाई दमकको न्यू होराइजन छात्रावासको पहलमा ४५ हजार रुपैयाँ छात्रवृत्ती वापत प्रदान गरेको छ । छात्रावासका सञ्चालक समेत रहेका दमकका पुराना शैक्षिक व्यक्तित्व तथा पूर्व प्राध्यापक अजितलाल दासले विगत तीन बर्षदेखि सञ्चालन गर्दै आउनु भएको छात्रवृत्ती सहयोग अभियान अन्तर्गत आज विपन्न तथा जेहेन्दार विद्यार्थी जीवन चौधरीलाई सो छात्रवृत्ती रकम प्रदान गरिएको हो । सो रकममध्ये पूर्व प्राध्यापक दासले व्यक्तिगत रुपमा २० हजार रुपैयाँ र दमक घर भई हाल क्यानडामा बस्दै आउनु भएकी सरिता रिजालले नगद २५ हजार रुपैयाँ प्रदान गर्नु भएको हो । सो छात्रवृत्ती वापतको रकम दासले विद्यालयका प्रिन्सिपल श्रवणकुमार पोखरेल र विद्यार्थी चौधरीलाई संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको थियो ।  लामो समय प्राध्यापन पेशामा रहेर हाल छात्रावास सञ्चालन गरिरहँदा आफूले धेरै विपन्न विद्यार्थीहरु आर्थिक अभावकै कारण बिचैमा पढाई छोड्नुपर्ने बाध्यतामा रहेको देखेकाले शैक्षिक सहयोगको भावना राखेर आफूले त्यस किसिमको सहयोग अभियान सञ्चलान गरेको दासले बताउनु भयो । कार्यक्रममा विद्यालयका शिक्षक समेत रहेका संस्थागत विद्यालय शिक्षक युनियन झापाका अध्यक्ष होमराज खतिवडा र पत्रकार विष्णु पौडेलले पनि विपन्न तथा असहाय बालबालिकाको शैक्षिक निरन्तरताका लागि व्यक्तिगत तवरबाट दाताहरुले पुरयाएको सहयोगको प्रशांसा गरेका थिए । न्यू होराइजन छात्रावासले यस अघि कक्षा ८ मा अध्ययन गरिरहेका बेला पनि चौधरीलाई एक बर्षको शैक्षिक खर्च वापत छात्रवृत्ती प्रदान गरेको थियो भने झापाको शिवगञ्ज, कोरोबारी, लखनपुर र दमकका ५ जना अन्य विद्यार्थीलाई पनि छात्रवृत्ती वापत सहयोग रकम प्रदान गरिसकेको छ ।
 

नँया बर्ष २०७४ आज बाट शुरु

उर्लाबारी बैशाख १ । विक्रम संवत २०७३  लाई बिदाइ गर्दै आज देखि नयाँ वर्ष २०७४ सुरु भएको छ । आपसमा शुभकामना आदानप्रदान, भेटघाट, खानपीन र रमाइलो गरेर नयाँ

पहिलो चरणको निर्वाचनका लागी आज मनोनयन दर्ता हुदै

डेस्क बैशाख १९ ।  पहिलो चरणको स्थानीय तह चुनावका लागि मंगलबार उम्मेद्वारको मनोनयन दुर्ता हुँदैछ । मनोनयन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म दर्ता

हिजो मनोनित उम्मेद्वार माथि आज दावी बिरोध गर्न सकिने

डेस्क बैशाख २० ।      आगामी बैसाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचन अन्र्तगत हिजो मनोनयन दर्ता गरेका उम्मेदवार माथि आज दावी विरोधको समय

बैशाख ३१ गतेको निर्वाचनका लागी आज उम्मेद्वारको नामावली सार्वजनीक हुदै

डेस्क,बैशाख २१ निर्वाचन आयोगले पहिलो चरणको स्थानीय तह निर्वाचनका उम्मेदवारको नामावली आज प्रकाशन गर्ने भएको छ । आयोगले आज अहिले ११ बजेदेखि १ बजेसम्म

  • नाम:
  • पद:
लेखकबाट

Nothing to Display