ad

आज देखी सेमीफाईनलका खेल ।


दमक बैशाख २५ ।
झापाको दमकमा जारी प्रथम दमक गोल्डकप फुटबलमा आजबाट सेमिफाइनल चरणका खेल सुरु हुँदैछन् ।
 पहिलो सेमिफाइनल अन्तर्गत विभागीय डर्बिमा आज नेपाल एपीएफ र नेपाल पुलिसबीच  प्रतिस्पर्धा हुनेछ । क्वाटरफाइनलमा पुलिसले थ्रीस्टारलाई हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो । एपिएफले भने मदन भण्डारी स्पोर्टस एकेडेमीलाई हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । सेमिफाइनल भिडन्त दमक बहुमुखी क्याम्पसको खेल मैदानमा अपरान्ह् ४ बजे सुरु हुनेछ । दुबै टोली फाइनल प्रबेशको लक्ष्यसहित आज मैदान उत्रनेछन् ।  यसअघि हिजो भएको अन्तिम क्वाटरफाइनलमा सरस्वती क्लबलाई ५–० को फराकिलो अन्तरले हराउँदै लक्ष्मी हुण्डाई मनाङ र्मस्याङ्दी क्लव प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । सेमिफाइनलमा उसले आर्मीको सामना गर्नेछ । विजेताले १३ लाख ११ हजार रुपैयाँ हात पार्ने प्रतियोगिताको १० टोली सहभागि छन् । 
 

लखनपुरमा आजदेखी पुर्वाञ्चलस्तरीय फुटबल प्रतियोगिता

लखनपुर चैत २५ ।  झापाको लखनपुरमा आज शुक्रवारदेखि पूर्वाञ्चलस्तरीय फुटबल प्रतियोगिता सुरु हुँदैछ ।  कमल गाउँपालिकास्थित आदिवासी रंगशालामा

सिवाईसी अत्तरिया र रुपन्देहि च्यालेञ्जर्सको बिजयी शुरुवात

धनगढि चैत २८ । सिवाईसी अत्तरिया र रुपन्देहि च्यालेञ्जर्सले सगरमाथा धनगढी प्रिमियर लिग क्रिकेटमा विजयी सुरुवात गरेका छन ।  उद्घाटन खेलमा काठमाण्डौ

पुर्वाञ्चलस्तरीय फुटबल प्रतियोगिताको सेमीफाईनल समीकरण पुरा

लखनपुर चैत २८ । बिर्तामोड युनाईटेड झापाको लखनपुरमा जारी पूर्वाञ्चलस्तरीय फुटबल प्रतियोगिता को सेमीफाईनलमा प्रबेश गरेको छ ।  स्थानीय आदिवासी

शरदको टिम सँग पारसको टिम पराजित

धनगढि चैत २९ । धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किंग्स विजयी भएको छ । विराटनगरले पारस खड्का कप्तान रहेको धनगढी