ad

सुन तस्करको बयान सकिदै ।


विराटनगर बैशाख २५ ।
सुन तस्करी र सनम शाक्य हत्या अभियोगमा जिल्ला अदालत मोरङले आज बाँकी ३ जना अभियुक्तसँग बयान लिँदैछ । 
अदालतले आज बहालवाला एसएसपी दिवेश लोहनी सहित डिएसपीद्वय प्रजित केशी र सञ्जय राउतसँग बयान लिन लागेको हो । प्रहरी नियन्त्रणमा रहेका ३० मध्ये अदालतले हिजोसम्म २७ जना अभियुक्तको बयान लिइसकेको छ । यसअघि हिजो जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको रोहबरमा पूर्व डिआइजी गोविन्द निरौला, निलम्बित प्रहरी उपरीक्षक विकासराज खनाल, सइ बालकृष्ण सञ्जेल, हवल्दार अमरबहादुर थापा र जवान विष्णुबहादुर खड्काको बयान लिइएको थियो । यसैगरी, बिमानस्थलका कर्मचारीहरु राजन थापा, पुण्य लामा, गोपाल श्रेष्ठ, हेमन्त गौचन, राजु महर्जन, अमरमान डंगोल, तुलाराम थारूको पनि बयान सकिएको छ । बयानका क्रममा उच्च प्रहरी अधिकारीले भने अभियोग अस्विकार गरेका छन् ।  साढे ३३ किलो सुन तस्करी र सनम शाक्यको हत्या मुद्दामा प्रहरीले कूल ६३ जनाविरुद्ध मुद्दा दायर गरेपनि ३३ जना भने अझै फरार छन् । न्यायिक हिरासतमा रहेका ३० जनाको बयान आज सकिदैछ । अदालतले गत बिहीबारदेखि बयान लिन सुरु गरेको थियो । 
 

अब नेपाल टेलिकमको डाटाबाट वेबसाइट खोल्दा पैसा लाग्दैन !

 काठमाडौ। नेपाल टेलिकमले जीएसएम सेवामा सरकारी वेबसाइटहरु निःशुल्क खुल्ने ब्यवस्था गरेको छ । झण्डै ५५० सरकारी साइटहरु निशुल्क भिजिट गर्न सकिने गरी

सुनको भाउ सामान्य घट्यो ।

काठमाडौं, वैशाख १४ ।          नेपाली बजारमा बिहीबार सुनको भाउमा केही कमी आएको छ ।  अघिल्लो दिनको तुलनामा आज सुन तोलामा एक सय रुपैयाँ सस्तिएको हो

सुनको भाउ आज दुई सय रुपैयाँले बढेको छ ।

डेस्क,बैशाख१७ सुनको भाउ आज दुई सय रुपैयाँले बढेको छ । आज प्रति तोला सुन ५४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले

वित्तिय सुशासन पालना नगर्ने कुनैपनि बैंक कारबाहीको भागिदार बन्ने राष्ट्र बैंकका डेपुटि गभर्नरको चेतावनी

उर्लाबारी, २४ वैशाख । नेपाल राष्ट्र बैंकका डेप्युटी गर्भनर चिन्तामणी सिवाकोटीले वित्तिय सुशासन पालना नगर्ने कुनैपनि बैंक कारबाहीको भागिदार बन्ने