ad

जिल्ला सभा संचालन सम्बन्धि बिधेयक पारीत ।


विराटनगर बैशाख २३ ।
एक नम्वर प्रदेशको आज वसेको प्रदेशसभाले जिल्ला सभा संचालनका लागी व्यवस्थागर्न वनेको विधेयक–२०७५ पारित गरेको छ । 
 एक नम्वर प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिकमत कार्कीले   विधेयक संशदमा पेश गर्नु भएको थियो ।  सो विधेयकमाथी १२ जना प्रदेश सांशदले संशोधन प्रस्ताव दर्ता गराउनु भएको थियो  । संशोधन प्रस्ताव सहित विधेयक पारित भएको हो ।  एक नम्वर प्रदेशका सभामुख प्रदिप भण्डारीले सदनमा विधेयक पारित भएको घोषणा गर्नु भएको थियो ।   नेकपा एमाले, नेकपा माओवदीकेन्द्रका ११ जना र प्रतिपक्ष नेपाली कांग्रेसका एकजना सहित १२ जना सांशदले संशोधन प्रस्ताव दर्ता गराउनु भएको थियो । यस अघि प्रदेशसभाको शुन्य समयमा वोल्दै सांशद कुलप्रसाद सावाले मोरङ जिल्लको उत्तरीक्षेत्रमा दर्ता नभई मापदण्ड विपरित क्रसर उधोग संचालन भइरहेकाले तत्काल त्यस्ता उधोगहरु वन्दगर्न माग गर्नुभयो ।  उहाले २१  व टा क्रसर उधोग मध्ये आठवटा मात्र घरेलु उधोगमा दर्ता भएको र मापदण्ड विपरित संचालित उधोगले व्यापका रुपमा दोहन गरिरहेको उल्लेख गर्नुभयो । प्रदेससभा सदस्य शान्ता पौडेल, खिनु लिम्वु , प्रकाश प्रताप हायोवाङले एक नम्वर प्रदेशको नाम र स्थाई राजधानी चाडै टुंग्याउनुपर्नेमा जोड दिनु भएको थियो ।

अवहेलना मुद्धामा देउवालाई कारण देखाउ आदेश जारी

काठमाडौ चैत २४ ।  अदालतको अवहेलना मुद्दामा सर्वाेच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नाममा कारण देखाउ आदेश जारी गरेको छ

निर्णायक भनिएको बैठक बस्दै नबसी स्थगित

काठमाडौ चैत २८ ।  मधेशी मोर्चाका नेताहरु अन्तिम समयमा काठमाडौं बाहिर गएपछि निर्णायक भनिएको सत्तारुढ दलसँगको वार्ता स्थगित भएको छ

गृहमन्त्रीको राजीनामा माग

काठमाडौ  चैत २८ ।  एमाले लगायत दलका सांसदले उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजीनामा मागेका छन्

नेपालको संविधान दोश्रो संशोधन विधेयक फिर्ता

काठमाडौ चैत २९ ।  सरकारले ब्यवस्थापिका संसदमा बिचाराधीन नेपालको संविधान दोस्रो संशोधन विधेयक फिर्ता लिएको छ ।  मधेसी मोर्चाको माग सम्बोधनका लागि

  • नाम:
  • पद:
लेखकबाट

Nothing to Display