ad

गृहक्षेत्रमा प्रधानमन्त्रीको व्यस्तता आजपनि उस्तै ।

विष्णु पौडेल 
दमक बैशाख १९ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्नो निर्वाचन क्षेत्र झापा ५ अन्तर्गतको दमक नगरका विभिन्न योजना तथा कार्यक्रमको उद्घाटन गर्दै हुनुहुन्छ । दोश्रो पटक प्रधानमन्त्री भए पछि हिजो पहिलो पटक गृह जिल्ला आउनु भएका ओलीले भ्रमणको दोश्रो दिन आज (बुधबार) पहिलो कार्यक्रम      दोश्रो शहरी खानेपानी आयोजनाको उद्घाटन गर्दै हुनुहुन्छ । बिहान ९ बजे सम्ममा सो कार्यक्रम उद्घाटन पछि उहाँले दमकको मुख्य बजार क्षेत्रमा निर्माण गरिएको नमुना बजारको उद्घाटन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले आजै दमक नगरको पहिलो सभाबाट घोषणा गरिएको दमकको पहिलो  जाति धिमाल जातिको प्रतिमा उद्घाटन गर्नुहुनेछ । त्यसैगरी दमक नगरपालिकाको पहिलो नगरसभाबाट निर्णय भएको नगरप्रमुख प्रतिभा सम्मान बरिष्ठ लोकगायक लक्ष्मीप्रसाद जोशीलाई प्रदान गर्दै हुनुहुन्छ ।  पुरस्कारको राशी १ लाख रुपैयाँ छ । यसै गरि दमक नगरपालिका, खेलकुद विकास समितिले आयोजना गरेको दमक गोल्डकप फुटबल प्रतियोगीताको उद्घाटन समेत प्रधानमन्त्री ओलीले आजनै गर्ने कार्यक्रम छ ।    

अवहेलना मुद्धामा देउवालाई कारण देखाउ आदेश जारी

काठमाडौ चैत २४ ।  अदालतको अवहेलना मुद्दामा सर्वाेच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नाममा कारण देखाउ आदेश जारी गरेको छ

निर्णायक भनिएको बैठक बस्दै नबसी स्थगित

काठमाडौ चैत २८ ।  मधेशी मोर्चाका नेताहरु अन्तिम समयमा काठमाडौं बाहिर गएपछि निर्णायक भनिएको सत्तारुढ दलसँगको वार्ता स्थगित भएको छ

गृहमन्त्रीको राजीनामा माग

काठमाडौ  चैत २८ ।  एमाले लगायत दलका सांसदले उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजीनामा मागेका छन्

नेपालको संविधान दोश्रो संशोधन विधेयक फिर्ता

काठमाडौ चैत २९ ।  सरकारले ब्यवस्थापिका संसदमा बिचाराधीन नेपालको संविधान दोस्रो संशोधन विधेयक फिर्ता लिएको छ ।  मधेसी मोर्चाको माग सम्बोधनका लागि