ad

प्रधानमन्त्री ओली आज गृह जिल्ला आउदै ।


दमक,बैसाख १८
प्रधानमन्त्रीमा दोश्रो पटक निर्वाचित भए पछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलो पटक आज  गृह जिल्ला झापा आउँदैहुनुहुन्छ ।
      २ दिनका लागि उनी भद्रपुर बिमानस्थल हुँदै झापा आउन लाग्नु भएको नेकपा एमालेले जनाएको छ । झापा आए लगत्तै उहाँले जिल्ला समन्वय समिति झापाको जिल्ला सभा उद्घाटन गर्ने कार्यक्रम छ । समितिका अध्यक्ष सोमनाथ पोर्तेलले प्रधानमन्त्री ओलीले समितिको सभालाई उद्घाटन पछि संम्वोधन गर्ने कार्यक्रम तय भएको जानकारी दिनु भयो । प्रधानमन्त्री ओलीले चारपाने–चैतुबारी–मतिगडा–साधुकुटी–राजगढ साढे १५ किलोमिटर सडकको सडक निर्माण कार्यको शिलन्यास गर्ने पनि कार्यक्रम तय भएको छ । मध्यान्ह १२ बजे लक्ष्मीपुर साधुटार सडक उद्घाटन पछि ओली १ बजे बिरीङ् खोलाको पुल शिलन्यासका लागि पुग्ने जनाइएको छ । त्यसपछि उहाँ आफ्नो गृह क्षेत्र झापा क्षेत्र नं. ५ आउने कार्यतालिका नेकपा एमालेले बनाएको छ । पाडाजुङ्गी–झर्का–गोहाबारी–बालुबथान–चप्रामारी–खजुरगाछी सडकको १० किलोमिटर खण्ड शिलन्यासका लागि अपह्रान्ह ३ बजे कमल गाउँपालिका–५ को पाडाजुङ्गी आई पुग्ने कार्यक्रम रहेको एमाले क्षेत्रीय संयोजक होमबहादुर थापाले जानकारी दिनु भयो । पहिलो दिनको अन्तिम कार्यक्रमको रुपमा कमल गाउँपालिकाकै केर्खा चोक पश्चिम ४ बजे पुगेर ओलीले अमलडाँगी–समयगढ–बाँसबारी–सोलमारी सडकको शिलन्यास गर्ने कार्यक्रम रहेको छ । भने दोश्रो दिन पर्सी दमक नगरपालिकाका पहिलो नागरिक धिमालको प्रतिमा उद्घाटन गर्ने कार्यक्रम छ । 
 

अवहेलना मुद्धामा देउवालाई कारण देखाउ आदेश जारी

काठमाडौ चैत २४ ।  अदालतको अवहेलना मुद्दामा सर्वाेच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नाममा कारण देखाउ आदेश जारी गरेको छ

निर्णायक भनिएको बैठक बस्दै नबसी स्थगित

काठमाडौ चैत २८ ।  मधेशी मोर्चाका नेताहरु अन्तिम समयमा काठमाडौं बाहिर गएपछि निर्णायक भनिएको सत्तारुढ दलसँगको वार्ता स्थगित भएको छ

गृहमन्त्रीको राजीनामा माग

काठमाडौ  चैत २८ ।  एमाले लगायत दलका सांसदले उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजीनामा मागेका छन्

नेपालको संविधान दोश्रो संशोधन विधेयक फिर्ता

काठमाडौ चैत २९ ।  सरकारले ब्यवस्थापिका संसदमा बिचाराधीन नेपालको संविधान दोस्रो संशोधन विधेयक फिर्ता लिएको छ ।  मधेसी मोर्चाको माग सम्बोधनका लागि

  • नाम:
  • पद:
लेखकबाट

Nothing to Display