ad

भ्रष्टचारमा शुन्य सहनशिलता ः आङ्वो ।


उर्लाबारी, ११ वैशाख ।
      एक नम्बर प्रदेशका आर्थिक मामिला मन्त्री इन्द्र आङ्बोले भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलता अपनाइने बताउनुभएको छ । राजनीतिक आवरणमा कसैले पनि भ्रष्टचार गर्न नसक्ने उहाँले बताउनुभयो ।
      मोरङको मंगलबारेमा आज कन्काई विकास बैंकको १३ औं शाखा उद्घाटन समारोहलाई सम्बोधन गर्दै आर्थिक मामिला मन्त्री आङ्बोले सो कुरा बताउनुभएको हो । उहाँले एक नम्बर प्रदेशमा कानुन र विधिको शासन व्यवस्था स्थापित गर्ने ठोकुवा गर्नुभयो । नेपालमा कर उठाउने गलत परम्परा रहेकोले त्यसलाई तोड्न प्रदेश सरकार नयाँ कानुन निर्माण गरेर अगाडि बढ्ने  उहाँले स्पष्ट पार्नुभयो । कर ठेक्का प्रणालीबाट नभई नयाँ कानुन निर्माण गरेर सरकारले नै उठाउने आङ्बोले भनाई थियो । कृषि पेशालाई मर्यादित बनाउन प्रदेश सरकारले बजेट बिनियोजन गरेको उल्लेख गर्दै उहाँले कृषिको आधुनिकीकरण र व्यावसायिकरण अपरिहार्य रहेको बताउनुभयो । नेपाललाई कृषि प्रधान देश भनिएपनि खाद्यान्न आयातका लागि बार्षिक अरबौं रुपैयाँ विदिशिनेगरेको बताउँदै आङ्बोले प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन बजेट बिनियोजन गरिएको जानकारी दिनुभयो । प्रदेश सभासद कुसल लिम्बुले सबै जनता मिलेर विकास, समृद्धि र शान्तिलाई स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले हरेक काम नीति र नियमअनुसार अगाडि बढाउनुपर्ने बताउनुभयो । उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले जनहितका लागि भेदभावरहित ढङ्गले काम गर्दा आफूमाथि अनावश्यक लाञ्छना लगाइएको बताउनुभयो । बैंक सञ्चालक समितिका अध्यक्ष सेवक दाहालको अध्यक्षतामा सो समारोह सम्पन्न भएको थियो ।
 

अब नेपाल टेलिकमको डाटाबाट वेबसाइट खोल्दा पैसा लाग्दैन !

 काठमाडौ। नेपाल टेलिकमले जीएसएम सेवामा सरकारी वेबसाइटहरु निःशुल्क खुल्ने ब्यवस्था गरेको छ । झण्डै ५५० सरकारी साइटहरु निशुल्क भिजिट गर्न सकिने गरी

सुनको भाउ सामान्य घट्यो ।

काठमाडौं, वैशाख १४ ।          नेपाली बजारमा बिहीबार सुनको भाउमा केही कमी आएको छ ।  अघिल्लो दिनको तुलनामा आज सुन तोलामा एक सय रुपैयाँ सस्तिएको हो

सुनको भाउ आज दुई सय रुपैयाँले बढेको छ ।

डेस्क,बैशाख१७ सुनको भाउ आज दुई सय रुपैयाँले बढेको छ । आज प्रति तोला सुन ५४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले

वित्तिय सुशासन पालना नगर्ने कुनैपनि बैंक कारबाहीको भागिदार बन्ने राष्ट्र बैंकका डेपुटि गभर्नरको चेतावनी

उर्लाबारी, २४ वैशाख । नेपाल राष्ट्र बैंकका डेप्युटी गर्भनर चिन्तामणी सिवाकोटीले वित्तिय सुशासन पालना नगर्ने कुनैपनि बैंक कारबाहीको भागिदार बन्ने

  • नाम:
  • पद:
लेखकबाट

Nothing to Display