ad

विश्व स्वास्थ्य दिवस,डिप्रेशनबारे खुलेर कुरा गरौ

डेस्क चैत २५ ।
विश्व स्वास्थ्य दिवस, आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । यस वर्षको दिवसलाई मानसिक स्वास्थ्यमा केन्द्रीत गरिएको छ । मानसिक स्वास्थ्यका बारेमा कुरा गरौँ भन्ने नाराका साथ विश्वभर आज  विभिन्न कार्यक्रम हुँदैछन् ।
आर्थिक संकट, बेरोजगारी, युद्धलगायत कारणले संसारभर मानसिक रोगका बिरामी बढ्दै गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । संगठनका अनुसार  विश्वका ३ करोड मानिसमा मानसिक समस्या रहेको छ । मानसिक रोगीको संख्या सन् २००५ देखि २०१५ को बीचमा १८ प्रतिशतले बढेको छ ।

आपसी सद्भाव र सहयोग नहुनु साथै डरका कारण मानसिक रोगीको संख्या बढ्दै गएको संगठनले जनाएको छ । यस्तै नेपालमा ७५ लाख मानिसलाई मानसिक रोगको समस्या रहेको तथ्यांकले देखाएको छ । मानसिक समस्या भएका धेरैजसो विरामीले उपचार पाएका छैनन । सरकारले यी सबै बिरामीलाई उपचारमा ल्याउन मानसिक स्वास्थ्य नीतिको मस्यौदा भने तयार पारेको छ । स्वास्थ्य मन्त्रालयले अब बस्ने मन्त्रिपरिषद्को बैठकमा मस्यौदा पेश गर्ने तयारी गरेको छ । यो नीतिको मस्यौदाले सबै मानसिक बिरामीलाई निःशुल्क उपचारको व्यवस्था गरेको छ भने उनीहरुको सम्मानजनक बाँच्न पाउने अधिकारलाई पनि सुनिश्चित गरेको छ । यो नीति पारित भएमा लामो समयसम्म बन्धक जीवन बिताएका बिरामीले पनि उपचार पाउने छन् ।  स्वास्थ्य मन्त्रालयले नीति कार्यान्वयन गर्न छुट्टै संयन्त्र गठन गर्ने गृहकार्य समेत अगाडि बढाइसकेको छ । मन्त्रालयमा मानसिक स्वास्थ्य सम्बन्धि छुट्टै संयन्त्र र आवश्यक परेमा प्रादेशिक संरचना अनुसार पनि संयन्त्र विस्तार गर्ने तयारी भएको स्वास्थ्य मन्त्री गगन थापाका सल्लाहकार प्रताप पौडेलले जानकारी दिनुभयो । यस्तै मानसिक स्वास्थ्यको उपचारका लागि सबै क्षेत्र समेट्ने गरी ठाउँ ठाउँका अस्पतालमा पनि छुट्टै उपचार केन्द्र स्थापना गरिने छ । 
 

 

पुर्वमा आज भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु,आधा दर्जन घाईते

उर्लाबारी चैत २४ ।                      सुनसरीको हरिनगरा गाउँपालिका–१ मा आज ट्याक्टरको ठक्करबाट एक बालिकाकोे मृत्यु भएको छ ।   मृत्यु

गुण्डा नाईके लामा माथी गोली प्रहार

काठमाडौ चैत २९ ।  प्रहरीले गुन्डा नाईने भन्दै मोस्ट वान्टेड सुचिमा राखेका दावा लामामाथी काठमाण्डौमा गोली प्रहार भएको छ ।  गौरी घाटको दिव्यश्वरी

नो हर्न प्लिज ।

काठमाडौ बैशाख १ । सरकारले आजदेखि लागु हुने गरि काठमाडौं उपत्यकामा आकस्मिक बाहेकको अवस्थामा सवारी हर्न निषेध गरेको छ ।  अनावश्यक हर्न निषेधित

एसएलसीई आजदेखी शुरु

डेस्क बैशाख १० ।  कक्षा १२ को माध्यमिक विद्यालय उत्तीर्ण परीक्षा एसएलसीई आज शूरु भएको छ । पहिलो दिन आज विहान ७ बजे देखि अंग्रेजी विषयको परीक्षा

  • नाम:
  • पद:
लेखकबाट

Nothing to Display