ad

२ स्थानीय नेतालाई कारवाहि सिफारीस । 


दमक बैशाख ८ ।
गएको असारमा सम्पन्न स्थानिय तहको निर्वाचनमा पार्टीका तर्फबाट आधिकारिक उम्मेद्वारलाई हराउन भुमिका निर्वाह गरेको आरोप लगाउँदै नेपाली कांग्रेस कमल गाउँसमितिले एक जना महासमिति सदस्यसहित दुई जनालाई कारवाहीको सिफारिस गरेको छ । 
गाउँ समिति सभापति खगेन्द्र भण्डारीको सभापतित्वमा आज बसेको समितिको पूर्ण बैठकले महासमिति सदस्य कमल ५ का टिकाराज सापकोटा र वडा नं ३ का क्रियाशील सदस्य पृथ्वीध्वज डाँगीलाई कारवाही गर्न पार्टीको क्षेत्रीय समितिलाई सिफारिस गर्ने निर्णय गरेको हो । सभापति भण्डारी र सचिव महेन्द्र बुढाथोकीले हस्ताक्षर गरी पार्टीको क्षेत्रीय समिति, झापा क्षेत्र नं ५ लाई पठाइएको सिफारिस पत्रमा गएको स्थानीय निर्वाचनमा पार्टीका आधिकारिक उम्मेद्वारलाई निर्वाचनमा हराउन सापकोटा र डाँगीको परिवारसहितले भुमिका निर्वाह गरेको आरोप लगाइएको छ । पत्रमा पार्टीको सम्बन्धित वडा समितिले कारवाहीका लागि माग गरेको र सो बिषयमा सम्बन्धित व्यक्तिसंग स्पष्टीकरण सोध्दा चित्त बुझ्दो जवाफ नआएको कारण साधारण सदस्य समेत नरहने गरि कारवाहीको सिफारिस गर्ने निर्णय अनुसार पत्र लेखिएको उल्लेख गरिएको छ ।
 

अवहेलना मुद्धामा देउवालाई कारण देखाउ आदेश जारी

काठमाडौ चैत २४ ।  अदालतको अवहेलना मुद्दामा सर्वाेच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नाममा कारण देखाउ आदेश जारी गरेको छ

निर्णायक भनिएको बैठक बस्दै नबसी स्थगित

काठमाडौ चैत २८ ।  मधेशी मोर्चाका नेताहरु अन्तिम समयमा काठमाडौं बाहिर गएपछि निर्णायक भनिएको सत्तारुढ दलसँगको वार्ता स्थगित भएको छ

गृहमन्त्रीको राजीनामा माग

काठमाडौ  चैत २८ ।  एमाले लगायत दलका सांसदले उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजीनामा मागेका छन्

नेपालको संविधान दोश्रो संशोधन विधेयक फिर्ता

काठमाडौ चैत २९ ।  सरकारले ब्यवस्थापिका संसदमा बिचाराधीन नेपालको संविधान दोस्रो संशोधन विधेयक फिर्ता लिएको छ ।  मधेसी मोर्चाको माग सम्बोधनका लागि