ad

गोल्डकप तयारी तिव्र ।


दमक बैशाख ८ ।
बैशाख १९ देखि २८ गतेसम्महुने प्रथम ‘दमकगोल्डकप’ को तयारी तीव्र पारिएको छ । 
मोफसलकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको मैदान  र प्याराफिट निर्माण, प्रचारप्रसार तथा विषयगत विज्ञसँगको छलफललाई तिब्र पारिएको आयोजकले जनाएको छ । दमक नगरपालिकाको आयोजनामा हुन लागेको प्रतियोगितामा २ विदेशीसहित १० टोलीको सहभागिता रहने नगर खेलकुद विकास समितिका अध्यक्ष केन्द्र प्रसाईले जानकारी दिनुभयो । उपाधि विजेतालाई १३ लाख ५१ हजार तथा दोस्रो पुरस्कार नगद ६ लाख रुपैयाँ राखिएको छ । गोल्डकपमा आयोजकसँगै भुटान ११, भारत कोलकत्ताको महोमदन स्पोर्टिङ क्लब, रमपम झापा ११, मनाङ मस्र्याङ्दी क्लब, रुस्लान थ्रीस्टार क्लब, विभागीय टिमहरु त्रिभूवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपीएफ र सरस्वती क्लब सहभागि हुने गोल्डकप आयोजक मूल समिति संयोजक भीमराज चम्लागाईले जानकारी दिनुभयो । प्रतियोगिताका सबै खेलहरु दमक ९ स्थित दमक बहुमुखी क्याम्पसको खेल मैदानमा हुनेछ । गोल्डकप सम्पन्न गर्न एक करोड ३६ लाख रुपैयाँ संकलन गरिने चम्लागाईले बताउनुभयो 
 

लखनपुरमा आजदेखी पुर्वाञ्चलस्तरीय फुटबल प्रतियोगिता

लखनपुर चैत २५ ।  झापाको लखनपुरमा आज शुक्रवारदेखि पूर्वाञ्चलस्तरीय फुटबल प्रतियोगिता सुरु हुँदैछ ।  कमल गाउँपालिकास्थित आदिवासी रंगशालामा

सिवाईसी अत्तरिया र रुपन्देहि च्यालेञ्जर्सको बिजयी शुरुवात

धनगढि चैत २८ । सिवाईसी अत्तरिया र रुपन्देहि च्यालेञ्जर्सले सगरमाथा धनगढी प्रिमियर लिग क्रिकेटमा विजयी सुरुवात गरेका छन ।  उद्घाटन खेलमा काठमाण्डौ

पुर्वाञ्चलस्तरीय फुटबल प्रतियोगिताको सेमीफाईनल समीकरण पुरा

लखनपुर चैत २८ । बिर्तामोड युनाईटेड झापाको लखनपुरमा जारी पूर्वाञ्चलस्तरीय फुटबल प्रतियोगिता को सेमीफाईनलमा प्रबेश गरेको छ ।  स्थानीय आदिवासी

शरदको टिम सँग पारसको टिम पराजित

धनगढि चैत २९ । धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किंग्स विजयी भएको छ । विराटनगरले पारस खड्का कप्तान रहेको धनगढी